तरुलका पोषक र औषधीय गुणहरु

मङ्गलबार, ०१ माघ २०७५, १२ : ११ डा अच्युत अधिकारी

1933


तरुल जमिनमुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाईन्छन् र नेपाल मा १३ किसिमका तरुल पाईन्छ। अफ्रिका र मध्य अमेरिका मा तरुल को धेरै उत्पादन र प्रयोग हुन्छ।1 संसार मै सबै भन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो र यसले बर्ष को ५ अर्ब डलर को तरुल उत्पादन गर्छ।

अफ्रिकन देशहरुको प्रमुख खाद्य बाली तरुल हो। तरुल अती नै पोषणयुक्त हुन्छ भन्ने कुरा अफ्रिकन नागरिकहरुको मजबुत शरीर ले पनि दर्शाउँछ। विश्व प्रशिद्द धावक उशैन बोल्ट को बुवालाई पत्रकार ले हजुर ले छोरा लाई सानै देखी के कुरा खुवाउनु हुन्थ्यो भनेर भन्दा उनले तरुल भनेर जवाफ दिएका थिए। तरुल खाना को साथ साथै औषधि को रुपमा पनि प्रयोग गरिन्छ। तरुलबाट निस्कने रासयनिक तत्व Diosgenin बाट मानब शरीरलाई चहिने हर्मोन Prosgestorene बनाइन्छ। Diosgenin र Progesterone को संरचना मिल्ने हुँदा Diosgenin लाई प्रकृतिक हर्मोन पनि भनिन्छ। परापूर्ब काल देखी नै महिलाहरुको हर्मोन को गडबडी ले हुने रोगलाई निको पार्न तरुल को प्रयोग गरिन्थ्यो।  

यसका साथ साथै तरुल मा भिटामिन A, B, C, D, E, K अनी क्याल्सियम, लोह तत्व, तामा, म्याग्निज, म्यगनेसियम्, फोस्फोरस, पोटसियम, सेलिनियम, सोडियम, जिन्क जस्ता हाम्रो शरीर लाई पाइने खनिज तत्व हरु पाईन्छ।  यसका साथ् साथै तरुल मा भिटामिन A, B, C, D, E, K अनी क्याल्सियम, लोह तत्व, तामा, म्याग्निज, म्यगनेसियम्, फोस्फोरस, पोटसियम, सेलिनियम, सोडियम, जिन्क जस्ता हाम्रो शरीर लाई पाइने खनिज तत्व हरु पाईन्छ।  तरुल मा हाम्रो शरीर लाई चाहिने १८ किसिमको अंमिनो एसिडहरु पाईन्छ। 

तरुलका औषधीय गुणहरु

मधुमेह:

तरुल मा कार्बोहाइड्रेड प्रशस्त हुने भए पनि यसले रगत मा चिनी सुस्तरी उप्लब्ध गराउँछ। त्यसैले रगत मा चिनीको मात्रा सन्तुलनमा राख्ने हुँदा, मधुमेह भएका बिरामी ले नि तरुद खान हुन्छ।

आँखाको दृष्टी  बलियो गराउने:

तरुलमा पाइने भिटामिन 'ए' लगायतअरु भिटामिन को कारण आँखा को दृष्टी बलियो हुन्छ। 

एन्टिअक्सिडेन्ट:

तरुल मा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाईन्छ जस्को कारण त्वचाको सुन्दरता अनी कलेजो को सुरक्षा गर्दछ।

महिला मा हर्मोन को सन्तुलन:

महिनाबारी बन्द भएका महिलाहरुमा बिभिन्न हर्मोन को सन्तुलन गराउन उपयोगी हुन्छ। तरुलमा हुने मुख्य रसायनिक तत्व diosgenin को निम्न लिखित औषधीय गुण हुन्छ: 

१)  क्यान्सर हुनबाट बचाउँछ:

Diosgenin ले प्रोस्टेट, आन्द्रा, मिर्गौला, स्तन मा हुने क्यन्सर लाई रोक्छ र बढ्न दिदैन।

२) दुखाइ घटाऊने र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ:

तरुल मा दुखाइ घटाऊने र रोगसँग लड्ने क्षमता बढाउने गुण हुन्छ। नियमित तरुल खाना ले हाम्रो शरीर को रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ र रोग लाग्दैन।

३) संक्रमणबाट बचाउने:

नियमित तरुल खाँदा ब्याक्टेरिया, भाईरस, अनी ढुशी को संङ्क्रमण हुन बाट जोगाउछ।

४) मधुमेह, क्लोस्टोरल र मोटोपन :

तरुल मधुमेह को रोगी ले पनि खान हुन्छ, यस्ले लिपिड र क्लोस्टोरल घटाऊछ, अनी मोटोपन घटाऊनमा मद्दत गर्दछ।

यसका साथ साथै तरुल ले रगत शुद्द गर्ने, मुटु अनी कलेजो को सुरक्षा गर्दछ।  

नेपाल को खाद्द्य सुरक्षाको लागि तरुल

तरुल नेपाल को धेरै ठाउँमा खेती गर्न सकिन्छ। बन जंगल, समुदायिक बन, पखेरो जग्गा जता ततै तरुल खेती हुन सक्छ। नेपाल को कर्णाली प्रदेश को खाद्द्य संकट को समाधान पनि तरुल हुन सक्दछ। भात खानु भन्दा तरुल खानु स्वास्थ्य को लागि धेरै नै लाभदायक हुन्छ। हाम्रो खाने संस्कारमा परिवर्तन गरेर तरुल लाई खानाको अभिन्न अंग गराउने हो भने नेपाल मा कही कतै पनि भोकमरी हुँदैन र चामल आयात मा लाग्ने पैसा पनि जोगिन्छ। त्यसैले तरुल को धेरै भन्दा धेरै खेती गर्ने र यसलाई खानाको रुपमा प्रयोग गर्नु जरुरी छ। हाम्रो नेपाल मा तरुल को प्रशोधन गरेर यसलाई साँचेर राख्ने चलन छैन। तरुल को प्रशोधन गरेर धुलो बनाइ भन्डार गरेर राख्ने हो भने १२ महिना नै तरुल खान सकिन्छ।

तरुल प्रशोधन गर्ने तरिका : 

तरुललाई राम्ररी पानीले पखालेर, तासेर चाना काट्ने, अनी चानालाई १५ मिनेट पानीमा उमाल्ने (आधा काँचो, आधा पाकेको अवस्थासम्म उमाल्ने) गर्नु पर्छ। अनी चाना लाई १४-१५ घण्टा घाममा सुकाउने (सुकाउने यन्त्र पनि प्रयोग गर्न सकिन्छ), त्यसपछी सुकेको चानालाई मिल मा पिसेर धुलो गराउनु पर्छ। धुलोलाई पानी नपस्ने थैलो मा भन्डार गर्ने हो भने १२- १८ महिनासम्म साँचेर राख्न सकिन्छ। तरुल को धुलो को रोटी, हलुवा, ढिडो लगायत धेरै पारिकार बनाएर खान सकिन्छ। नेपाल को पहाडहरुमा तरुल खेती गर्ने र तरुल को प्रशोधन गरी धुलो बनाइ साचेर राख्द बर्ष भरी नै खान सकिन्छ। यसले नेपाल को खाद्द्य सुरक्षा मा ठूलो योगदान पुग्नेछ। यसका साथ साथै चामल को आयत मा पनि कमी आउनेछ। तरुल को धुलो बाट बिस्कुट, केक जस्ता आधुनिक खाना हरु नि बनाउन सकिन्छ।    

अधिकारी त्रिभुवन विश्वविद्यालय किर्तिपुरका  रशायन शास्त्रका उपप्रध्यापक हुन्।

References:

Bhandari, M. R., Kasai, T., & Kawabata, J. (2003). Nutritional evaluation of wild yam (Dioscorea spp.) tubers of Nepal. Food Chemistry, 82(4), 619-623.

https://www.monitor.co.ug/Magazines/HealthLiving/Health-benefits-yams-nervous-system-blood-sugar/689846-4774038-m14o57/index.html

Jesus, M., Martins, A. P., Gallardo, E., & Silvestre, S. (2016). Diosgenin: recent highlights on pharmacology and analytical methodology. Journal of analytical methods in chemistry, 2016.

Yam, I. O. B. I. (2013). Evaluation of ascorbic acid and sodium metabisulphite as inhibitors of browning in yam (d. Rotundata) flour processing. World, 4(10.5), 51-778.







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...