१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जाडोमा न्यानो प्रविधि

काठमाडौं - जाडोमा न्यानो चाहिन्छ र गर्मीमा शितल। विगतका दिनहरुमा जाडो भगाउन आगो ताप्ने चलन थियो। गर्मी छल्नका लागि शितल ठाउँ खोज्ने। अहिले परिस्थिति फेरिएको छ। जाडोलाई न्यानो बनाउने र गर्मीलाई शितल बनाउने प्रविधि भित्रिसकेको छ। प्रविधिकै कारण जाडो भगाउने र गर्मीलाई शितल बनाउने गर्दछ। शरीर, कोठा, घर, भवन, कार्यालय र मौसम अनुसार प्रविधिले समय अनकूल बनाइदिन सक्छ।

पछिल्लो समय सहर हुँदै गाउँ गाउँसम्म कोठा न्यानो पार्ने ‘हिटिङ सिस्टम’ पुगिसकेको छ। नेपालमा ‘हिटिङ सिस्टम’को बजार विशेषगरी जाडो मौसममा बढी हुन्छ। यसका लागि हिटर, ग्यास गिजर मात्रै नभएर जाडोमा न्यानो एसी प्रयोग गर्ने उपभोक्ता बढेको व्यवसायी बताउँछन्।   हिम इलेक्ट्रोनिक्सका अनुसार हिटिङ सिस्टमको व्यापार ३० प्रतिशतले वृद्धि भएको छ। हिम इलेक्ट्रोनिक्सका सेल्स म्यानेजर चन्द्रमनि आचार्यले चिसो मौसममा न्यानो बनाउनका लागि प्रविधि मुख्य आधार भएको बताए।

घरायसी प्रयोजनदेखि कार्यालय तथा ठूला कर्पोरट हाउसले समेत अनिवार्य रुपमा न्यानो बनाउने प्रविधिको हिटर र एसीको प्रयोग गर्न थालेका छन्। ‘हिम इलेक्ट्रोनिक्सले जाडो महिनाका लागि देशैभरका डिलरहरुबाट हिटरहरु बिक्री गरिरहेका छन्। सिजन अनुसार कम्पनीले विभिन्न प्रोडक्ट उत्पादन गरिरहेको छ,’ हिम इलेक्ट्रोनिक्सका सेल्स म्यानेजर आचार्यले भने, ‘अहिले जाडोको सिजन छ। कम्पनीले समय अनुसार मार्केटिङ गरिरहेको छ।’

बजारमा पाइने नर्मल हिटर जस्तै हिम इलेक्ट्रोनिक्सले सामान्यदेखि केही उत्कृष्ट हिटरहरु बजारमा ल्याएको छ। सामान्यतया चार सय वाट, आठ सय वाट र १२ सय वाट क्षमताका हिटर बजारमा ल्याएको छ। गत वर्षको तुलनामा ३० प्रतिशतले हिटरको कारोबार बढेको उनको भनाइ छ। उनका अनुसार हिटर घरायसी सुरक्षाका दृष्टिकोणले सुरक्षित हुनुपर्छ। यदि हिटर सुरक्षित भएन भने जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने उनको सुझाव छ।

बाल्ट्राले पनि नेपाली बजारमा जाडो मौसमका लागि चाहिने गुणस्तरीय सामान ल्याएको जनाएको छ। नेपाली बजारमा जाडो न्यानो पार्न मुख्यतः विभिन्न मोडलका हिटर र गिजर उपलब्ध भएको बाल्ट्रा नेपाल ब्रान्ड म्यानेजर दिपक शाहले बताए। ‘हामीसँग विभिन्न प्रकारका सस्ता, राम्रा गिजर र हिटरहरु छन्,’ उनले भने ‘गुणस्तरीय पनि छन्।’ बाल्ट्रका यी सामग्री घर, अफिस, कर्पोरेट हाउसलगायत ठाउँअनुसार उपलब्ध रहेको उनले बताए। ठाउँअनुसार प्रयोग गर्न सकिने खालका छन्। जस्तो कि फ्यान हिटर, ग्यास हिटर, हेलोजन हिटर अर्थात रड भएको वाल हिटर, पिटिसी वाल हिटर लगायत विद्युतीय सामग्री उपलब्ध छन्।

यस्ता विद्युतीय सामान किन्दा ग्राहकले विशेष सावधानी उपनाउनु पर्ने उनको सुझाव बताए। कुन कम्पनीको किन्ने, के कस्ता विशेषता भएका सामग्री किन्ने भन्ने विषयमा उपभोक्ताले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। बजारमा यत्रतत्र पाइने कमसल चाइनिज सामानको प्रयोग भरसक नगर्न उनको सुझाव छ। साथै, सामान किनेर प्रयोग गर्नुअघि त्यसमा लेखिएको निर्देशनलाई ध्यान दिएर पढ्न पनि उपभोक्तालाई आग्रह गर्छन्। बाल्ट्राका यी सामग्रीमा दुई वर्षको वारेन्टी रहेको छ। साथै, सामान बिग्रिएमा काठमाडौं पनि सर्भिस सेन्टरहरुमा मर्मत गर्न सकिन्छ।

सिजीका सेल्स हेड विष्णु ज्ञवालीले देशको राजधानी काठमाडौं र मुख्य सहरहरुमा वासिङ मेसिन र एसी प्रयोग गर्ने उपभोक्ता वृद्धि भएको बताए। ‘धुलाइ गज्जब गर्छ, जाडो पनि टर्छ’ भन्ने नारासहितको यो स्किम माघसम्मका लागि ल्याइएको उनको भनाइ छ। यस्तै, अहिले सरकारी कार्यालय र कूटनीतिक नियोगमा मात्रै नभएर सामान्य उपभोक्तासमेत घरघरमा समेत एसी जडान गर्न थालेका छन्। पछिल्लो समय बहुसंख्यक उपभोक्ताका लागि यो अनिवार्य जस्तै भइसकेको उनको भनाइ छ।

चिसोमा तातो र झोलिलो खाना खानु आवश्यक हुन्छ। शरीरलाई तातो र चिसो लाग्न नदिन तातो खान आवश्यक छ। यसैलाई मध्यनजर गर्दै सिजीले खाना तताउनका लागि प्रयोग हुने इलेक्ट्रिक ओभन बजारमा ल्याएको छ। यो ओभनमा खाना पकाउन पनि मिल्छ।जोडो मौसममा भ्याकुम फ्लेक्स पनि चर्चा कमाएको छ। यो तातोपानी राख्ने एक स्टिलको बोतल हो। घरमा होस् या बच्चालाई स्कुलमा तातोपानी पठाउन पन ियो बोतल प्रयोग गर्न सकिन्छ। १० वटा मोडलमा उपलब्ध रहेको यो बोतल आधा लिटरदेखि दुई टिलर क्षमतासम्मका उपलब्ध रहेको सिजी कम्पनीले जनाएको छ। यो बोतलमा तातो पानी २० घण्टाभन्दा बढी समयसम्म तातो रहने कम्पनीको दाबी छ।  

बोतलको विशेषता भनेको यसमा जस्तो चिज राख्यो त्यस्तै रहन्छ। जस्तो कि तातो पानी राख्दा तातो रहन्छ भने आइस राख्यो भने आइस नै रहन्छ। यसभित्र राखेको वस्तुलाई बाहिरको तापक्रमले त्यति छिटो असर गर्न सक्दैन। यो बोतल आठ सय ३० देखि एक हजार आठ सय ७० रुपैयाँसम्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

होम ग्लोरीका एमडी मनोज अग्रवालले जाडोमा न्यानो र गर्मीमा शितल विद्युतीय उपकरणको माग बढेको बताए। यसकारण जाडो होस् वा गर्मीमा होस् घरमा प्रयोग गरिने सामान ब्रान्ड हेरेर मात्रै खरिद गर्न समेत उनी सुझाव दिन्छन्। ‘कम्पनीले देशैभर फ्यान, ग्यास हिटर, गिजर, अटोमेटिक केटल आफ्ना डिलरबाट बिक्री गरिरहेका छौं,’ उनले भने, ‘यसको बजार मात्रै राम्रो नभएर विश्वसनीय पनि उत्तिकै छ। उपभोक्ताको विश्वास जित्न सफल भएका कारण अहिले देशव्यापी रुपमा सामान आपूर्ति गर्दै आएका छौं।’

हिमाल रेफ्रिजेरेटरका म्यानेजर विजय चौधरीले हिटिङ र कुलिङका सामान जुनसुकै समयमा माग भइरहने बताए। हस्पिटल, होटल, भवन मात्रै नभएर सरकारी तथा कूटनीतिक नियोगका कार्यालयहरुमा रेफ्रिजेरेटर अनिवार्य आवश्यकता भइसकेको उनको भनाइ छ। बढ्दो सहरीकरण र प्रविधि विकाससँगै यसको आवश्यकता अनिवार्य भएर आएको छ। ‘हिटिङ र कुलिङका लागि विश्वसनीयय ब्रान्ड हिमाल रेफ्रिजेरेटर हो,’ उनले भने, ‘बजारमा यसको ठूलो माग छ, उपभोक्ताको मागअनुसार आपूर्ति पनि गरिरहेका छौं।’  

त्यसैगरी कम्पनीले भिआरजिक्स २०१९ सार्वजनिक गरेको छ। यो लो पावर कन्जम्सन मात्रै नभएर वातारणमैत्री पनि रहेको उनको दाबी छ।
सिजी इलेक्ट्रोनिक्सका हेड मार्केटिङ सन्जय राज भण्डारीले सिजीको प्रोडक्ट चिसो मौसममा न्यानोका लागि प्रयोग गर्ने गरेको बताए। जाडो मौसममा हिटर, गिजर मात्रै नभएर एसीको प्रयोगमा समेत वृद्धि भएको उनको भनाइ छ। बजारमा यसको डिमान्ड विगतको तुलनामा उच्च रहेको बताउँछन्। नविन डिस्ट्रिब्युटरका ब्रान्ड म्यानेजर श्याम कटवालले जाडो मौसममा विद्युतीय सामानको माग उच्च रहेको बताउँछन्। अहिलेको समयमा चिसोमा तातो पानी, गर्मीमा चिसो पानी, जाडोमा न्यानो हिटर आधारभूत आवश्यकता भइसकेको उनको भनाइ छ। बजारमा यसको माग कहिले नघट्ने कटवालको भनाइ छ।

हिटर, इलेक्ट्रिक गिजर, ग्यास हिटरलाई सहजै उपभोक्तामाझ पुर्‍याइरहेको उनको भनाइ छ। वाटर डिस्लेन्सरको माग पनि उच्च छ। आवश्यकता अनुसार पानीलाई तातो, मनतातो र चिसो गर्न सकिन्छ। यसको मूल्य तीन हजार तीन सय रुपैयाँ रहेको उनको भनाइ छ।

प्रकाशित: ३० पुस २०७५ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App