१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घुम्ति शिविरबाट ५ सय ९ जनालाई नयाँ नागरिकता

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजना गरिएको एकीकृत घुम्ति शिविरबाट ५ सय ९ जनाले नयाँ नेपाली नागरिकता लिएका छन्।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले पुस २७ र २८ गते आयोजना गरेको घुम्ति शिविरमा सदरमुकामबाट सेवा पुर्याउँदै आएका विभिन्न १० सरकारी कार्यालयले  त्यहाँका नागरिकलाई  सेवा दिएका थिए। जसमध्ये २ सय ८७ महिला र २ सय २२ जना पुरुषले नयाँ नागरिकता लिएका छन्।

घुम्ति शिविरमा जिल्ला निर्वाचन कार्यालयले २ सय २२ महिला र १ सय ८३ पुरुषलाई फोटो सहितको मतदाता नामावली संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले जानकारी दिए। शर्माको अनुसार शिविरमा डिभिजन वन कार्यालयले २ सय जनालाई वन र वन पैदावर सम्बन्धी जानकारी एवं परामर्श सेवा, स्वास्थ्य कार्यालयले २ सय ३ जनालाई स्वास्थ्य परिक्षण तथा औषधी वितरण, ६ सयलाई हुलाक कार्यालयले हुलाक टिकट वितरण, नुवाकोट विद्युत वितरण केन्द्रले १ सय १९ जनालाई नयाँ मिटर वितरण, १ सय ९० घरको विद्युत महशुल संकलन गरिएको छ।

घरेलु तथा साना उद्योग विकास समितिले ४ जनालाई व्यवसाय दर्ता, २ जालाई लघु उद्यम कृषि फर्म दर्ता, र ३१ जनालाई परामर्श दिएको छ। यस्तै शिविरमा कृषि ज्ञान केन्द्र, तरकारी जोन, वागवानी विकास केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रुपमा ३ सय ३४ जनालाई बीउ राख्ने बोरा, ३ सय ५० जनालाई सिमि र काक्रोको बीउ वितरण, ८ जनालाई बाली सम्बन्धी परामर्श, १ जनलाई खेतमा नै पुगेर परामर्श र ५ जनालाई पशु सेवा परामर्श दिइएको छ।

प्रकाशित: २९ पुस २०७५ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App