१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्युक्यासल युनाइटेडमाथि चेल्सीको कठिन जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासल युनाइटेडमाथि २–१ को कठिन जित निकालेको छ। जितसँगै चेल्सी शीर्ष चारमा कायमै रहेको छ।

घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलको ९ औं मिनेटमा नै डेभिड लुइसको पासमा पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता बनाएको थियो। तर, ४० औं मिनेटमा क्लार्कको गोलमा न्युक्यासलले खेल बराबरी गर्न सफल भयो।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा इडेन हाजार्डको पासमा विलियनले गोल गर्दै चेल्सीलाई २–१ को अवस्थामा पुर्याए। त्यसपछि दुवै टोलीबाट गोल भएन र चेल्सीले महत्वपूर्ण ३ अंक बटुल्यो।

जितसँगै २२ खेलबाट ४७ अंक बनाएको चेल्सी चौंथो स्थानमा छ। पराजित न्युक्यासल भने १८ अंकका साथ १८ औं स्थानमा छ।

त्यस्तै अन्य खेलमा वेष्टह्यामले आर्सनललाई १–० तथा वार्टफोर्डले क्रिष्टल प्यालेस, साउथह्याम्टनले लेष्टर सिटी र वर्नलेले फुलह्यामलाई समान २–१ गोल अन्तरले पराजित गरेका छन्।  कार्डीफ र हडल्सफिल्डले भने गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

प्रकाशित: २९ पुस २०७५ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App