१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फागुन पुग्यो ‘प्रेमलीला’

काठमाडौं – माघ २५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेमलीला’ दर्शकमाझ फागुन १० गते मात्र प्रदर्शनमा आउने भएको छ। फिल्मको भिएफएक्सको काम नसकिएको कारण देखाउँदै फिल्म निर्माण समूहले फागुन १० लाई नयाँ रिलिज मिति तोकेको हो। फिल्मकी नायिका दीपशिखा खड्काले वितरक कम्पनी र निर्माण टिमबीच फागुन १० मा फिल्म प्रदर्शनमा ल्याउने सहमति भएको बताइन्। अन्तरदेशीय प्रेमकथा रहेको फिल्मको फस्टलुक र दुई गीत सार्वजनिक भइसकेको छ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय छ। नायिका खड्काकै कथा र लेखन रहेको फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, महेश खड्का, नवीन कार्की र रविराज शाहको संगीत छ। 

 

प्रकाशित: २९ पुस २०७५ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App