‘हेरिटेज इन्टरनेसनल’मा अदिती

आइतबार, २९ पुष २०७५, ११ : २८ नागरिक

काठमाडौं – आगामी फेब्रुअरी १२ देखि १७ अर्थात माघ २९ गतेदेखि फागुन ५ सम्म सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१९’ मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन्। प्रतियोगिताको लागि नेपालको आधिकारिक संस्था इप्लानेट नेपालले गत शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०१९’को ताज अदितीलाई पहिर्‍याउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बाटो खुल्ला गरेको हो।

कार्यक्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ दुर्गा विसुराल चुनिइन्। उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरूको प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रतियोगितामा ४० बढी देशको सहभागिता हुनेछ। युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्नामा हेरिटेज इन्टरनेसनलले सहयोग पुर्‍याउने आयोजकले जनाएका छन्।
२० वर्षीया अदिती सामाजिक विषयमा स्नातक तहमा अध्ययनरत छिन्।  दुर्गाले भने समाजशास्त्रमा मास्टर्स गरिसकेकी छन्। दुवै प्रतियोगीलाई कोरियोग्राफर अनिला श्रेष्ठले व्यक्तित्व, सञ्चार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुतिलगायत विभिन्न विषयमा प्रशिक्षण दिनेछिन्।

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad