१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खोटाङका पाँच स्थानीय तह अति दुर्गम

खोटाङ – सरकारको वर्गीकरणमा खोटाङका पाँच स्थानीय तह अति दुर्गमको सूचीमा परेका छन्। विभिन्न सूचकलाई आधार मानेर सरकारले तयार पारेको प्रशासनिक वर्गीकरणको खाकामा जिल्लाका ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, बराहपोखरी र साकेला गाउँपालिका ‘क’ वर्ग अर्थात् अति दुर्गममा परेका हुन्।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा खोटेहाङ, दिप्रुङ चुइचुम्मा र रावाबेंसी गाउँपालिका दुर्गम अर्थात् ‘ख’ वर्गमा परेका छन्। बजेट तथा अनुदान वितरण, विकासका प्राथमिकता आकलन एवं कर्मचारी सरुवा, अंकभार तथा दुर्गमभत्ताजस्ता प्रशासनिक कार्यका लागि सरकारले स्थानीय तहलाई सुगम र दुर्गम वर्गमा वर्गीकरण गरेको हो।

प्रकाशित: २९ पुस २०७५ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App