१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइसीसी टी-२० वरियतामा पारस एक स्थान माथि

काठमाडाैं - आइसीसी टी-२० विश्व वरियतामा कप्तान पारस खड्का एक स्थान माथि उक्लिएका छन्। आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा खड्का एक स्थान माथि उक्लिदैँ ९६ औं स्थानमा आइपुगेका छन्। टी-२० ब्याटिङको शिर्ष स्थानमा भने पाकिस्तानका बबर अजाम रहेका छन्।

यस्तै बलिङमा भने बसन्त रेग्मी ७४ औं स्थानमा यथावत रहँदा सोमपाल भने एक स्थान तल झरेका छन्। सोमपाल नयाँ वरियतामा ९३ औं स्थानमा पुगेका छन्। टी-२० को बलिङ तर्फ भने अफगानिस्तानका रासिद खान शिर्ष स्थानमा रहेका छन्। यस्तै टी २० को अलराउण्डर वरियतामा भने पारस ४२ औं स्थानमा रहेका छन् भने सोमपाल ६४ औं स्थानमा रहेका छन्। अलराउण्डर वरियतामा भने अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शिर्षमा रहेका छन्।

 

प्रकाशित: २८ पुस २०७५ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App