१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लाका ग्रामिण सडकमा ट्राफिक निगरानी बढ्दै

उर्थुमा भएको ट्राफिक जनचेतना कार्यक्रम : तस्बिर : डिबी/नागरिक

जुम्ला - कर्णाली राजमार्गको खलंगा-नाग्म सडक खण्डमा ट्राफिक नियम कार्यान्वयनमा कडाई गरेको जुम्ला ट्राफिक कार्यालयले अहिले ग्रामिण सडकमा निगरानी बढाउन थालेको छ। राजमार्गको सडकमा बिभिन्न स्थानमा प्रहरी चौकीमा ट्राफिक प्रहरी राखेर चेकजाँच भईरहेकोमा ग्रामिण सडकमा पनि प्रहरी नजर पुगेको हो। अहिले खलंगा देखि उर्थु, खलंगा देखि गुठिचौर गाउँपालिका सम्मको सडकमा प्रहरीले चेकजाँचमा कडाई गर्न थालेको छ।

"अहिले छोटो दुरीको सडकमा व्यापक अनियमितता भईरहेको गुनासो छ", जुम्ला ट्राफिक प्रमुख असई माधव रावत भन्छन्, “सर्वसाधारण नागरिकको सुरक्षित यात्रा गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न गाउँगाउँमा ट्राफिक शिक्षा छर्दैछौँ।” उनका अनुसार छोटो दुरीका यातायातले मनपरी भाडा असुल्ने, क्षमता भन्दा बढि यात्रु कोच्ने, व्यवसायीले पुरा गर्नुपर्ने दायित्व पुरा नगर्ने गरेको गुनासो आएको छ।

पहिलो चरणमा पातारासी गाउँपालिका ६ र ७ वडामा ट्राफिक चिन्ह, ट्राफिक नियम र स्थानीय तथा यातायात व्यवसायीले पुर्‍याउनुपर्ने सावधानीका विषयमा छलफल भएकाे छ।

उर्थु देखि खलंगा सम्मकाे भाडा ५० रुपैयाँ लिने गरिएको पाईएको छ। पाँच किलोमिटर दुरीमा ५० रुपैयाँ तिरेर यातायात सेवा लिनु परेको भन्दै भाडा समायोजनका लागि स्थानीयले माग गरेका थिए। प्रति किलोमिटर १० रुपैयाँ भाडा तिरेर पनि सुरक्षित यात्रा गर्न नपाउने भएकोमा दुःख व्यक्त गर्दै स्थानीयले छोटो दुरीका सवारीमा कडाई गर्न माग गरेका छन्।

अहिले सडकमा दैनिक १२ देखि १५ जीप चल्छन्। ट्राफिक प्रमुख माधब रावतले अब कसैले पनि मापदण्ड विपरित सवारी सञ्चालन गर्न नपाउने बताए। उनले भने,“हामी सबैभन्दा कानुन माथि हुन्छ, कानुन मिचेर सवारी चलाउनेले छुट पाउदैन्।” छोटो दुरीका सडकमा जीप मात्रै चल्दा स्थानीयले सुरक्षित यात्रा गर्न नपाउने भएपछि बस सेवा सुरु गरिएको छ। जिल्ला ट्राफिक कार्यालय जुम्लाको पहलमा बस सेवा सुरु भएको हो।

पछिल्लो समयमा निजी गाडी भाडामा प्रयोग गरिएको भन्दै कडाई गरिएपछि अहिले चल्न पाएका छैनन्। जुम्ला बजार देखि उर्थु चौतारा बजार सम्म चल्ने गाडी तथा जीपहरुले रुट प्रमिट अनिवार्य लिनु पर्ने, सिट क्षमता अनुसार यात्रु राख्नुपर्ने निर्णय भएको छ। निर्णयको पालना नगर्ने व्यवसायीहरुलाई दुई हजार ५ सय रुपैयाँ सम्म जरिवाना लिन सक्ने चेतावनी दिइएको छ।

 

प्रकाशित: २८ पुस २०७५ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App