१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अशक्तलाई घरमै नागरिकता

बैतडी - शारीरिक रुपमा अशक्त दशरथचन्द नगरपालिका–२ की २२ वर्षीय हिरा बोहरालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएका छन्। प्रजिअ चन्द्रप्रसाद गैरेले घरमै गएर बोहरालाई प्रमाणपत्र वितरण गरेका हुन्।

अपाङ्गता भएकी हिरा हिड्डुल गर्न नसक्ने भएकाले आफुले घरमै पुगेर नागरिकता वितरण गरेको प्रजिअ गैरले बताए। अपाङ्गता भएकी छोरीलाई घरमै सिडिओ आएर नागरिकता प्रदान गरेकोमा खुसी लागेको हिराका बुवा पूर्णबहादुर बोहराले बताए। पूर्णबहादुरका दुई छोरी एक छोरा अपाङ्ग रहेका छन्। जन्मेको आठ वर्ष पुगेपछि अपाङ्ग भएका उनीहरुको उपचारको लागि परिवारले धेरै खर्च गरे पनि निको नभएको पूर्णबहादुरले बताए। हिड्डुल गर्न नसक्ने भएपछि उनका दुई छोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बैतडी, दशरथचन्द नगरपालिका, वडा कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा नं. २ का वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिए।

 

प्रकाशित: २७ पुस २०७५ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App