१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कीर्तिपुर क्रिकेट मैदान देखेर अजय जडेजा दङ्ग परे

काठमाडौं—भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताएका छन्।

‘जोहरा स्पोट्स म्यानेजमेन्ट’को आयोजनामा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गर्दै भने, 'उनीहरु (नेपाली क्रिकेट टोली)ले गरेको त्यो ठूलो उपलब्धि हो। यसले नेपाली क्रिकेट अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखाउँछ।'

कीर्तिपुर क्रिकेट मैदानको प्रशंसा गर्दै उनले भने, 'नेपालमा यति राम्रो प्राकृतिक मैदान रहेछ, त्यसैले कृत्रिम रङ्गशाला बनाउन हतारो नगर्दा हुन्छ।' जडेजाले क्रिकेट रङ्गशालामा मन डुलाउनुभन्दा गुणस्तरीय ब्याट, बललगायत क्रिकेट सामग्री जोड्नमा ध्यान दिन नेपाली क्रिकेटकर्मीलाई आग्रह गरे।

पूर्वकप्तान जडेजा यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार हुने फाइनल खेलका लागि प्रमुख आतिथ्य ग्रहण गर्न शनिबार काठमाडौँ आएका हुन्। उनले शनिबार नै कीर्तिपुर क्रिकेट मैदानको भ्रमण गरेका थियो। रासस

प्रकाशित: १६ आश्विन २०७३ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App