१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘भानुभक्तको कविताये’ सार्वजनिक

काठमाडौं – आदिकवि भानुभक्त आचार्यले लेखेका नेपाली कविताहरूको हिन्दी अनुवाद संग्रह ‘भानुभक्तको कविताये’ सार्वजनिक भएको छ।

विश्व हिन्दी दिवसको अवसर पारेर नेपालस्थित भारतीय राजदुतावासले त्रिभुवन विश्वविद्यालय, काठमाडौं अन्तर्गतको हिन्दी केन्द्रीय विभागसँगको सहकार्यमा राजधानीमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरीले संग्रह सार्वजनिक गरे।

मन्त्री अधिकारीले आदिकविका कवितालाई हिन्दी भाषामा अनुवाद गरिनु खुशीको कुरा रहेको बताए। उनले नेपाली कवितालाई पनि अन्तर्राष्ट्रियकरण गर्ने प्रयास सराहनीय रहेको जनाए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए। मन्त्री अधिकारी र राजदुत पुरीले भानुभक्तको अनुवादित संग्रहसहित २ हिन्दी पुस्तकको पनि लोकार्पण गरेका थिए।

कार्यक्रममा शास्त्रीय गायकद्वय गोपाल ठाकुर र गुरूदेव कामतले हिन्दीका प्रख्यात कविका कृतिहरूको सांगीतिक प्रस्तुति दिएका थिए। दर्शकलाई गायिका सरस्वती खत्रीले पनि गीतमार्फत मन्त्रमुग्ध पारेकी थिइन्। कार्यक्रममा त्रिभुवन विश्विद्यालयको केन्द्रीय हिन्दी विभागको वेबसाइट पनि सार्वनिक गरिएको थियो।

दिवसकै अवसर पारेर स्व. अटल बिहारी वाजपेयीका ५१ वटा कविताहरूको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा आयोजना गरिएको कवि सम्मेलनमा १५ कविहरूले आफ्नो रचनाहरू वाचन गरेका थिए।

प्रकाशित: २७ पुस २०७५ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App