१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

न्यु डायमन्ड कप महिला भलिबल : सेमिफाइनल समीकरण पूरा

काठमाडौं – दोस्रो होङ वान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। नैकापस्थिति न्यु डायमन्डको कोर्टमा भएको खेलमा न्यु डायमण्ड एकेडेमी, टप्स उच्च मावि र विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिमा चारमा स्थान बनाएका हुन्।

बिहीबारको खेलमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो सेटमा २५–२३ को रोमाञ्चक जित निकालेको आयोजकले दोस्रो सेटमा २५–१३ को सहज जित निकाल्न सफल भएको थियो। दुई सेटमा जित निकालेपछि उच्च मनोबलमा रहेको डायमन्डले तेस्रो सेट पनि २५–२२ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

बिहीबारै सम्पन्न अर्को खेलमा पोखराको टप्स उच्च माविले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराउँदै न्यु डायमन्डसँगको भेट पक्का गर्यो। पहिलो सेटमा २५–६ को सहज जित निकालेको टप्सले दोस्रो सेट २१–२५ ले गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक दुई सेट पछि खेलमा फर्किएको टप्सले बाँकी सेटमा २५–१६ र २५–१९ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो।

चितवन टाइग्रेसमाथि सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिसले सेमिफाइनलमा अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का गरेको थियो। न्यु डायमन्डले पनि त्रिभुवन आर्मीमाथि संघर्षपूर्ण जित निकाल्दा टप्स उच्च माविसँग अन्तिम चारको यात्रा तय गर्यो।

त्यस्तै बिहीबारैको अर्को क्वार्टरफाइनलमा चितवन टाइग्रेसमाथि सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिसले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का गरेको हो। पुलिसले चितवनलाई टाइग्रेसलाई २५–१७, २५–७ र २५–१० को सोझो सेटमा पराजित गर्दा एपिएफले पारामाउन्ट स्कुललाई २५–३, २५–१० र २५–१५ को फराकिलो अन्तरमा पराजित गरेको थियो।

प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २७ पुस २०७५ ००:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App