१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साबिक विजेता साइपाल एकेडेमी फाइनलमा

काठमाडौं – डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ।

विशाल मिलन केन्द्र (बिएमके) र एनसिसिएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित गर्यो। साइपालकी सबिता लुइटेलले १४ अंक जोडिन्। समृद्धि राउन्ड रोबिन लिगमा पनि साइपालसँग ४३–३६ ले चुकेको थियो।

साइपालले सुरुका तीन क्वार्टरमा १४–८, १०–४ र १८–८ को अग्रता लियो। चौथो तथा अन्तिम क्वार्टर १२–१२ को बराबरीमा सकियो। हारका बाबजुद समृद्धिले फाइनल प्रवेशका लागि काठमाठौं नर्थ पोल बास्केटबल क्लब प्लेअफ खेल्ने अवसर पाउनेछ। शुक्रबार हुने प्लेअफको विजेताले उपाधिका लागि साइपालसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

नर्थ पोलले आयोजक बीएमकेलाई ३९–२९ ले हराउदै प्लेअफमा स्थान पक्का गरेको हो। नर्थ पोलकी सन्जु राईले १३ स्कोर गरिन्। राउन्ड रोविन लिगमा भने बीएमकेले नर्थ पोललाई ३२–२० ले पराजित गरेको थियो।

पहिलो क्वाटरमा १४–६ को अग्रता लिएको नर्थ पोल दोश्रोमा १०–१० को बराबरीमा रोकियो। तेश्रो क्वाटरमा नर्थ पोल ७–४ ले अगाडि रह्यो भने चौथोमा ८–९ को झीनो अन्तरले पछि पर्यो।

प्रकाशित: २७ पुस २०७५ ००:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App