काठमाडाैं - विगत ८ वर्षदेखि युवाहरुलाइ दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको पुतलीसडकस्थित एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टरले नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न थालेकाे छ।
आइएसओ र सीटीईभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको सेन्टका सञ्चालक दिपक पोखरेलले बताए। ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिन्टरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको एलाइन्सले नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ। एलाइन्सले अब भने नयाँ मेसिनहरुको सहायताबाट कक्षा सञ्चालन गर्न लागेको हो। यसअघि पनि नेपालमै पहिलो पटक वियू्य, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर तालिम प्रदान गर्दै आएको एलाइन्सले अहिले इएनआईटी, आरटी ८०९ जस्ता मेसिन थप गरेर कक्षा सञ्चालन गर्दै आएको छ।
एलाइन्समा तालिम लिएका विद्यार्थीहरुले रोजगारीको अवसर समेत पाउने भएका छन्। छ महिना तालिम लिए पश्चात विद्यार्थीलाई एलाइन्सले नै रोजगारीको अवसर प्रदान गर्ने सञ्चालन पोखरेलले बताए। ‘आफूसँग सीप छ भने न त कसैको भर पर्नुपर्छ न त खाडी मुलुकको चर्को घाममा पसिना बगाउनु नै। त्यसैले म जो कसैलाई पनि सिप सिकेर दक्ष बन्न आग्रह गर्दछु।’ उनले भने।
यस क्षेत्रमै रहेर काम गर्दै आएका तर पूर्ण दक्ष बन्न नसकेकाहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तालिम प्रदान गरिरहेको छ। जसले गर्दा पहिले नै तालिम लिएकाहरुले पनि पछिल्लो समय विश्वमा भएका प्रविधिका परिवर्तनका बारेमा बुझ्न सक्ने सञ्चालक पोखरेल दाबी गर्छन्। मोबाईल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेट भित्रै पत्ता लगाई २४ घण्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेवलकै तालिम प्रदान गरि पूर्ण दक्ष बनाउने बताएको छ।
प्रकाशित: २६ पुस २०७५ १३:४८ बिहीबार