१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बुर्टोन अल्बायोनमाथि सिटीको प्रभावशाली जित, जेससकाे ४ गोल

काठमाडौं – म्यानचेस्टर सिटीले इङ्लिस फुटबल प्रतियोगिता काराबाओ कप फुटबलको पहिलो लेगमा बुर्टोन अल्बायोनमाथि ९–० गोलको प्रभावशाली जित हात पारेको छ।

बुधबार राति घरेलु मैदान इथिहाड स्टेडियममा सम्पन्न सेमिफाइनलको पहिलो लेगमा सिटीलाई विशाल जित दिलाउँन गाब्रियल जेससले ४, केभिन डि ब्रुयना, ओलेक्जान्दर जिन्चेन्को, फिल फोडेन, केल वाल्कर र रियाद माहरेजले गोल गरे।

सिटीले खेलको पाँचौं मिनेटमा डि ब्रुयनाको हेडर गोलमार्फत अग्रता लिएको थियो। तेस्रो डिभिजनको क्लब बुर्टोनमाथि सिटीले सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको थियो। ३० औं मिनेटमा पहिलो गोल गरेका जेससले ३४ औं मिनेटमा दोस्रो र ५७ औं मिनेटमा ह्याट्रिक पूरा गरे। ६५ औं मिनेटमा उनले ब्याक्तिगत चौंथो गोल गरेका थिए।

३१ वर्षपछि सिटीले एउटै खेलमा ८ गोल भन्दा बढी गरेको यो पहिलो पटक हो। सिटीले सन् १९८७ को नोभेम्बरमा लिगको खेलमा हडल्सफिल्ड टाउनलाई १०–० ले पराजित गरेको थियो। १९८६ मा लिभरपुलले फुलह्यामलाई १०–० ले हराएपछि काराबाओ कपमा यति फराकिलो जित हात पार्ने टोली पनि सिटी नै भएको छ।

सेमिफाइनलमा भने भारी अन्तरको जित काराबाओ कपमा पहिलो हो। सिटीले ४ दिनको अन्तरमा कुल १६ गोल गरेको हो। गत आइतबार सिटीले एफए कपमा रोथरह्याम युनाइटेडलाई ७–० गोलले हराएको थियो। दोस्रो लेग २३ जनवरीमा हुनेछ।

प्रकाशित: २६ पुस २०७५ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App