१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता

खस्यौली – प्रदेश नं ५ स्थित बुटवलका विभिन्नब्रोकर (दलाल) कार्यालयमा सेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन्।

सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका दलालकार्यालय उत्साहितभएका छन्। नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलका केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन संकायका विद्यार्थी लगायत रहेको देखिएको छ। उनीहरूले २० हजारदेखि एक लाखसम्म सेयरमा लगानी गरेका छन्। 

विद्यार्थीले सिक्ने चरणमा २० देखि सय कित्तासम्मकिनेका छन्, ब्रोकर बताउँछन्। केहीसिक्ने चरणमा र केही बुझेरै बजारप्रति आकर्षित भएको ब्रोेकरहरुको भनाइ छ। 

एसियन सेक्युरिटिज प्रालि (२६ नं दलाल) को बुटवल कार्यालयका पुष्पनिधि ढकालले पुँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको र यसमा कलेजका विद्यार्थीको आर्कषण बढेको जानकारी दिए।विद्यार्थी आम्दानीको स्रोत बढाउन पुँजीलगानी गरेको अनुमान गर्दै उनले बजारको मन स्थिति कमजोर भएकाले केही लगानीकर्ता हतोत्साहित हुने गरेको बताए। सेयर बजारका जानकारले पुँजीबजार अहिले ‘बियरिस ट्रेन्ड’को अन्तिम चरणमा भएको दाबी गरेका छन्।

रुपन्देहीस्थित सफल नेपालइन्भेस्टमेन्ट फोरमका अध्यक्ष कमल तिवारीले सेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएको बजार ‘प्यारालाइन स्टेट’को अवस्थामा रहेको बताए। यो अवस्था भनेको परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि थोरै घट्ने अवस्थाहो। पुस, माघ र फागुन सेयर बजारकालागि ‘अफसिजन’ मानिन्छ।

अध्यक्ष तिवारीले आगामी चैतदेखि पुँजीबजार ‘बुलिस ट्रेन्डमा’ जाने जिकिर गर्दै नयाँ लगानीकर्तालाई स–सानो आकारमालगानी बढाउन सुझाव दिए। बुटवलका विभिन्नब्रोकर कार्यालयमा दुई हजारभन्दा बढी नयाँ लगानीकर्ता भएको अनुमान छ। यहाँ काब्रोकर कार्यालयमा दैनिक करोड हाराहारी कारोबार हुने गरेको बताइन्छ। रासस

 

प्रकाशित: २६ पुस २०७५ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App