१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं – आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यास खेलका लागि थाइल्यान्ड भ्रमण गर्ने नेपाली महिला राष्ट्रिय टोली क्रिकेटको घोषणा गरिएको छ।

बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। टोलीमा रुबिनासहित सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कबिता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल रहेका छन्।

नेपाली महिला टोलीले अभ्यासका रूपमा थाइल्यान्डमा आयोजना हुने महिला ट्वान्टी–२० स्म्यास–२०१९ मा सहभागिता जनाउनेछ। थाइल्यान्ड क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता जनवरी १२ देखि १८ गतेसम्म चल्नेछ। १० टोली सहभागी रहने प्रतियोगितामा नेपालले समूह ‘बी’ मा तान्जानिया, इन्डोनेसिया, कुवेत र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ मा आयोजक थाइल्यान्ड, भुटान, हङकङ, मलेसिया र एसएल न्याभी छन्। समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। नेपालले पहिलो खेल जनवरी १२ मा तान्जानियासँग खेल्नेछ भने दोस्रो खेलमा जनवरी १४ मा नामिबियाको सामना गर्नेछ। त्यस्तै नेपालले तेस्रो खेल जनवरी १५ मा इन्डोनेसिया र अन्तिम खेल जनवरी १६ मा कुवेतको सामना गर्नेछ।

प्रकाशित: २६ पुस २०७५ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App