१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार असफल भए परिवर्तनको प्रक्रिया नै असफल हुन्छ : रक्षामन्त्री पोखरेल

तस्बिर : मिथिलेश/नागरिक

कर्जन्हा (सिरहा) - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार असफल बनाउन विभिन्न कोणबाट षड्यन्त्र भैरहेको बताएका छन्। 'सरकार असफल बनाउने षड्यन्त्र हुँदैछ, यो सरकार असफल भए परिवर्तनको प्रक्रिया नै असफल हुन्छ' उनले भने।

बुधवार कर्जन्हामा भएकाे कार्यक्रममा बाेल्दै उनले यो सरकारलाई असफल हुने छुट नै नभएकाे जिकीर गरे। पोखरेलले भने, ‘सरकार असफल भए मुलुक दक्षिणतर्फ भाँसिन्छ।’ अहिलेको सरकार मात्र सरकारको परिवर्तन नभएकाे भन्दै उनले नयाँ संविधान अन्तर्गत प्रणाली तथा सिस्टमको परिवर्तन भएकाे बताए।

केन्द्र देखि स्थानीय तहसम्म नेकपाको बहुमत देखेर देशभित्र र वाहिरका शक्तिहरु अतालिएका उनले बताए। 'दुई तिहाइ बहुमतको लोकप्रिय सरकार देखेर उनीहरु जलिरहेका छन्, उनीहरु अनेक षड्यन्त्रमा भिडेका छन्।' उनले भने।जेष्ठ नागरिकहरुको भत्ता बढाएर पाँच हजार पुर्‍याइ छाड्ने मन्त्री पोखरेलले दाबी गरे। 

यो सरकारलाई मधेस विरोधी भनीएकाेमा आपत्ति जनाउँदै उनले भने 'याे सरकारलाई मधेश विराेधी भनेर आरोप लगाउने गरिन्छ तर म सोध्न चाहन्छु, मधेसको जीवनरेखा मानिने हुलाकी राजमार्गका लागि साढे चार अर्व रुपैयाँ यही सरकारले छुट्याउने यो सरकार कसरी मधेस विरोधी भयो? राजमार्ग दक्षिणका सदरमुकामलाई गुलजार बनाउन वार्षिक ५० करोड रकम छुट्उने यो सरकार कसरी मधेस विरोधी भयो? हामीलाई मधेस विरोधी भन्नेहरुलाई सोध्न चाहन्छु।'

प्रकाशित: २५ पुस २०७५ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App