१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शान्तिको महत्व युद्धमा लडेकाले बढी बुझेको हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको बताएका छन्।

आइतबार नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका निकै उच्च छ । नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

युद्ध र शान्तिको अन्तरसम्बन्धबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकोले नै बढी बुझेको हुन्छ । बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । तर, आफै युद्धमा सहभागी भएको व्यक्तिले शान्तिको महत्व अरुको भन्दा बढी बुझेको हुन्छ । यस सन्दर्भमा नेपाली सेनाले नेपालको शान्ति प्रक्रियाका निम्ति देखाएको सकारात्मक भूमिकाको म उच्च सम्मान गर्दछु ।’

प्रधानमन्त्रीले नेपाली सेनाको मनोबल उच्च बनाउन, साधन स्रोतले सूसज्जित गर्न, प्रविधिको उपयोगद्वारा आधुनिक सेना निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत छ । विगतका द्वन्द्वधसँग सम्बन्धित मुद्धामा सेना तानिनु हुँदैन भन्नेमा सरकार सचेत र दृढ छ । शान्ति प्रक्रियाका बारेमा सेना र सरकारको समान सोंच महत्वपूर्ण छ ।’

प्रधानमन्त्रीले भूकम्पको उद्धार, राहत र पूनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, ‘बिपद् व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, राष्ट्रिय निकुञ्ज र वातावरण संरक्षणमा सेनाले खेलेको भूमिका निकै महत्वपूर्ण छ । तपाईहरु ढुक्क हुनुस्, सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुन्छ भन्नेमा सरकार स्पष्ट छ । तपाईको मनोबल उच्च राख्न सरकार हरदम तयार छ ।’

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, विश्व शान्तिका लागि खेलेको भूमिका र आगामी रणनीतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रकाशित: १६ आश्विन २०७३ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App