१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोही घरबार विहीन हुनुपर्दैन : मन्त्री राई

विराटनगर - शहरी विकास मन्त्री मोहमद इश्तियाक राईले सरकारले सबै नागरिकलाई आवासको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा नागरिकसँगकाे कुराकानिमा राईले मौलिक हकको कार्यान्वयन गर्न सबैलाई आवासको व्यवस्था गर्ने तयारी थालिएको जानकारी दिए। 

राईले विविध कारणले घरबार विहीन हुनुपर्ने अवस्था अनत्य  गरिने स्पष्ट पारे। उनले भने ‘अब, कोहि पनि नागरिक घरबार विहीन हुनुपर्दैन।’ विगतमा दलित, मुस्लिम लोपोन्मुखलाई वर्गिरकण गरेर आवास निर्माणको व्यवस्था गरिए पनि अब, सबै नागरिकलाई आवासको व्यवस्था गरिने दाबी पनि मन्त्री राईले गरे। विपद्का कारण घरबार विहीन हुनुपर्ने अवस्था पनि अन्त्य गरिने रायले बताए। आगलागी, बाढी पहिरो, डुवान आदि कारणले विस्थापित भएकाहरूलाई पनि सरकारले आवासको व्यवस्था गर्ने उनले बताए। आगलागी पीडित र डढेलो पीडितलाई तत्कालै ५० हजार रुपैयाँ राहत पनि उपलब्ध गराइने रायले बताए। जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको काम पनि सुरू गर्न लागिएको उनले जानकारी दिए।

जमिनको बर्गीकरण गरी तोकिएको स्थानमा मात्रै घर बनाउन पाउने व्यवस्था कडाइकासाथ कार्यान्वयनमा ल्याउने प्रकृया समेत सुरू भइसकेको मन्त्री राईले बताए। प्रदेश सरकारले काम नगरेकै कारण प्रदेशलाई हस्तान्तरण गरिएका आयोजना संघीय सरकार मातहत तान्नु परेको मन्त्री रायकाे दाबी छ। उनले भने ‘आर्थिक वर्षको ६ महिना वित्न लाग्दा पनि प्रदेश सरकारले काम थाल्न नसकेपछि संघीय सरकार आयोजना तान्न बाध्य भएको हो।’ गत जेठ १५ गते नै प्रदेशलाई कुन कुन आयोजना प्रदेश मातहत रहने भनेर जानकारी गराईएको मन्त्री राईले दाबी छ। ‘गत जेठ १५ गते नै प्रदेशलाई हस्तान्तरण भएका आयोजनाबारे जानकारी दिइएको हो’ उनले भने ‘ ७ महिना वित्न लाग्दासमेत प्रदेशले काम थाल्नै सकेन।’ उनले प्रदेशलाई हस्तान्तरण गरिएको विराटनगर चक्रपथको काम अघि नबढेकोमा असन्तुष्टि व्यक्त गरे। 

प्रकाशित: २५ पुस २०७५ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App