स्कुल बस र सरकारी कर्मचारी बोक्ने सवारीले दसैँमा यात्रु बोक्ने

आइतबार, १६ असोज २०७३, १४ : २६ नागरिक

काठमाडौँ-दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ ।

विभागका प्रवक्ता वसन्त अधिकारीले सार्वजनिक रुपमा सञ्चालन हुने सवारी साधन सबै दसैँका समयमा चलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको बताए । उनले भने ‘ग्यारेजमा थन्किएका चलाएर उपत्यका बाहिर जाने यात्रुलाई सुविधा दिनु उपयुक्त हुन्छ, व्यवसायीले सवारी ग्यारेजमा राख्नुहुन्न।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी ग्यारेजमा थन्क्याएर नराखेको जिकिर छ । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार मुग्लिन–नारायणघाट ३६ किमी सडक निर्माणाधिन भएकाले सवारी आउन ढिला हुने गरेको बताए ।

“कलङ्कीदेखि नागढुङ्गासम्मको खाल्डाखुल्डी मात्र टालिदिने हो भने पनि सवारी आवागमनमा चार घन्टा छिटो हुने थियो”–उनले भभने । धेरै यात्रुले फूलपातीपछिकै टिकट खोज्दा अभाव भएको विभागले जनाएको छ । दसैँमा घर जान चाहने यात्रु सवारीकै कारण नरोकिने गरी व्यवस्था गर्न विभागले गृहकार्य गरिरहेको प्रवक्ता अधिकारीले बताए । रासस







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad