१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

न्यु डायमण्ड कपलाई होङ वान्जीको साथ

होङ वान्जी बौद्ध समाज नेपालका प्रमुख सोनाम वान्जी भुटिया र प्रतियोगिता संयोजक कुमार राईबीच सम्झौतापत्र आदनप्रदान हुँदै।

काठमाडौं – न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ।

सुकेधारास्थित समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वाङ्दी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार मुख्य प्रायोजक गरेबापत समाजले आयोजकलाई ५ लाख उपलब्ध गराउनेछ। 

सम्झौतापश्चात प्रतियोगिता नाम ‘होङ वान्जी न्यु डायमण्ड कप दोस्रो खुला राष्ट्रिय  महिला भलिबल’ हुने भएको छ। बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको संयोजक राइले जानकारी दिए। नानीछोरी स्मृति प्रतिष्ठानका असोककुमार मालीले तेस्रो पुरस्कारको रकम १ लाख १ हजारको प्रायोजन गरेका छन्।

ब्ल्याकहर्ष सुजका एमडी चिनिया श्रेष्ठले चौथो पुरस्कार ५१ हजारको प्रायोजन गर्ने भएका छन्। सेन्चुरी कमर्सियल बैंकले व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारको रकम ५० हजार प्रायोजन गर्ने भएको छ। प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका छोमोरोङका भलिबल समर्थकबाट ५० हजार ४ सय, भलिबलका प्रशिक्षक हुकुमराज गिरी र भलिबल खेलाडी रमिला तण्डुकारबाट ५०–५० हजार सहयोग प्राप्त भएको छ।

नैकापस्थित न्यु डायमण्ड एकेडेमीमा लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ। साविक विजेता न्यु डायमण्ड र चितवन टाइग्रेस समूह ‘ए’ मा, समूह ‘बी’ मा टप्स र पारामाउन्ट, ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपिएफ र जावलाखेल रहेका छन्।

विजेताले ३ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र विधाका उत्कृष्टले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। बुधबारको उद्घाटन खेल आयोजक न्युडायमण्ड र चितवन टाइग्रेसबीच हुनेछ।

प्रकाशित: २५ पुस २०७५ ००:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App