१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने

काठमाडौं– भोलि बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। मंगलवार बसेको नेका संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएमा भोलिको बैठक पनि अवरुद्ध पार्ने निर्णय गरेको छ।

गएको आइतवारको बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि प्रश्न सोध्न नदिएपछि बैठक अबरुद्ध गरेको नेकाले बुधवार बैठक जहाँबाट जुन कुराले रोकिएको हो त्यहींबाट सुरु नगरेमा पुन अबरुद्ध पार्ने चेतावनि दिएको छ।

नेका सांसद प्रकाश स्नेहीका अनुसार बुधवारको बैठकमा प्रतिनिधि सभा नियमावलिको दफा २१९ अनुरुप प्रश्न सोध्न पाउनुपर्ने र सो बैठकमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान नेकाको छ। स्नेहीका अनुसार पछि जवाफ दिने, उपप्रधानमन्त्रीले जवाफ दिने वा सभामुखले दिनसक्ने अन्य विकल्प नेपाली काङ्ग्रेसलाई मान्य हुनेछैन। प्रधानमन्त्री स्वयं उपस्थित भएर संसदमा गरेको सम्बोधन पछिका प्रश्नको उत्तर दिनुपर्ने कांग्रेसको पूर्व अडान छ। संसदीय दलको बैठकले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रकाशित: २४ पुस २०७५ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App