१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपडा पेल्ने मेसिन पड्किदा एक जनाको मृत्यु, ४ घाइते

रोल्पा - रोल्पाको त्रिबेणी गाउँपालिका ४ निगालपानीमा मंगलवार कपडा पेल्ने मेसिन पड्किदा एक जनाको मृत्यु भएकाे छ।

मेसिन पड्कदा बर्दिया राजापुर, ५ का २८ बर्षीय जयकृष्ण न्यौपानेको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। घटनामा परि २ जना गम्भीर र २ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेहरुलाई दाङ स्थित तुलसिपुर अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनामा परि गम्भीर घाइते हुनेमा राजापुर ५ का बिष्णुचन्द्र चौलागाई र त्रिबेणीका धन बहादुर पुन रहेका छन् भने कैलालीका जनक न्यौपाने र कपुरकोट सल्यानका पहलमान पुन सामान्य घाइते भएका भएका छन्।

 

प्रकाशित: २४ पुस २०७५ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App