१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

५१ अर्ब ५० करोड नयाँ नोट आउँदै

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ। गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी उसले गरेको छ।

केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्ने काम अघि बढाइसकेको छ। ५० रुपैयाँ दरका ११ अर्ब ५० करोड रुपैयाँको नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेको छ।

१०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँका दरका २३ करोड थान

१०० र ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एंव कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए।  ‘सय दरका नयाँ छपाइका लागि टेन्डर अह्वान गरी मूल्यांकनको काम भइरहेको छ,’ उनले सोमबार नागरिकसँग भने, ‘५० दरका नोट छाप्न टेन्डर आह्वान गरेका छौं।’

नयाँ नोट छाप्न दरखास्त दिने कम्पनीमध्येबाट छनोटमा परेको एक कम्पनीलाई काम दिइने उनले बताए। राष्ट्र बैंकले पछिल्लो समय कागजी ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिरहेको छ। केही वर्षअघिसम्म एक र दुई रुपैयाँ दरका नोट पनि छाप्थ्यो। राष्ट्र बैंकले २५ र २५० रुपैयाँको नोट पनि छापेको थियो। लामो समयदेखि त्यसलाई निरन्तरता दिएको छैन।

प्रकाशित: २४ पुस २०७५ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App