१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

फाइल फाेटाे

काठमाडाैं – नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबारको बैठकले उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक (जिएम) पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

इन्धन भण्डारका लागि जग्गा खरिद अनियमिततामा मुछिएपछि निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। रिक्त पदमा १८ प्रतिस्पर्धीले आवेदन दिएकोमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरेन्द्र पौडेल, तारानाथ पौडेल र अनिलकुमार झाको नाम सिफारीस गरेको थियो। ३ जनामध्ये सुरेन्द्रलाई नियुक्त गरिएको हो। उनको कार्यकाल ४ वर्ष हुनेछ।

पूर्व कार्यकारी निर्देशक खड्काले साढे १८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो। खड्काले गैरकानुनी रूपमा आर्जन गरेको चलअचल सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ।

प्रकाशित: २४ पुस २०७५ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App