१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

काठमाडौँ-काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।

महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भई सो संस्थामा कार्यरत गणेश अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अधिकारीले काठमाडाँै, नागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी सायसालाई आफ्नो विभिन्न चिकित्सकसँग राम्रो चिनजान रहेकाले यही असोज १५ गतेदेखि हुने एमबिबिएस परीक्षामा उत्तीर्ण गरीदिन्छु भन्दै रु दुई लाख मागेका थिए ।

आमा विमलाले अन्य व्यक्तिलाई बुझ्दा त्यसरी उत्तीर्ण गराउन नसक्ने यकिन भएपछि महाशाखामा आई निवेदन दिनुभएको थियो । त्यसपछि महाशाखाबाट सादा पोसाकमा पन्तका साथमा संस्थामा प्रहरी टोली खटी अधिकारीले मोलमोलाई गरिरहेको अवस्थामा गत बुधबार पक्राउ गरिएको हो ।

अधिकारीलाई सोधपुछ गर्दा सञ्चालक साहमार्फत सो काम हुने भनी बयान दिएपछि बिहीबार साहलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ । सञ्चालक साहले आफू चिकित्सक भएको बताई ठगी गर्ने गरेको भए पनि उनी चिकित्सक नभएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अभियुक्तलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । रासस

प्रकाशित: १६ आश्विन २०७३ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App