१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

फोहोरमैला व्यवस्थापनमा जुट्दै वडा

तारकेश्वर नगरपालिका वडा नं.१० मनमैजु फोहोर व्यवस्थापन अभियानमा जुटेका छन्। स्थानीय उपभोक्ता, टोल विकास समितिको संयुक्त प्रयासमा सो अभियानमा जुटेका हुन्।

तारकेश्वर नगरपालिका वडा १० का अध्यक्ष अमृत थापाले फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणको लागि घरदैलो अभियान सञ्चालन गरेको बताए। ‘मंसिर १५ गते समिति गठन गरेका थियौ,’ उनले भने, ‘अहिले हप्तैच्छिे शनिबार घरघरमा गई फोहोरमैला व्यवस्थापन गर्न स्थानीयलाई सुझाएका छौँ।’ उनका अनुसार प्रत्येक शनिबार घरघरमा गई फोहोरमैला व्यवस्थापनका लागि चेतनामूलक काम गर्दे आएका छन्। वडावासीलाई फोहोर व्यवस्थापनको लागि सन्देश पनि जारी गरेको छ। ‘बाटोमा थुप्रिएको फोहोरले जनजीवन नै प्रभावित हुन्छ। त्यसैले स्वस्थ हुन वातावरण फोहोरमुक्त हुनु पर्छ। हामीले घरघरमा गई फोहोर व्यवस्थापन गर्न अनुरोध पनि गरेका छौं,’ उनले थपे।

स्थानीय प्रेमबहादुर तामाङले फोहोर सरसफाई अभियान सञ्चालन गरेपछि प्रत्येक टोल सफा हुदै आएको बताउँछन्। ‘अहिले पनि यो अभियान जारी छ,’ उनले भने, ‘वडामा उज्यालो नहुँदै कुचो लाएर सिनित्त पार्न थालिएको छ।’ उनका अनुसार पहिले वडामा सरसफाइको कमीले गर्दा जताततै दुर्गन्ध फैलिन्थ्यो। सर्वसाधरणले पनि जताततै फोहोर फाल्ने गर्थे। तर, अहिले थोरै भए पनि फोहोरमैला व्यवस्थापन हुँदै आएको छ।

अभियानकर्ता ऋषि लोहनीले सबै कुरामा स्थानीय सरकारको मुख ताक्न नहुने बताउँछन्। ‘सरकारले मात्रै गर्नु पर्छ भन्ने छैन,’ उनले भने ‘हामी आफैं पनि जुट्नु पर्छ। अनि पो वडा सुन्दर बन्छ।’

वडाका सदस्य धु्रवराज राईले फोहोर व्यवस्थापनमा वडा, संस्था र समुदायको भूमिका तोकेको बताए। ‘हामीले व्यक्ति, संस्था र समुदायको छुट्टाछुट्टै भूमिका तय गरेका छौं, उनले भने,‘व्यक्तिगत भूमिकामा व्यक्तिले बजार जाँदा कपडाको झोला लिएर जाने, घरमा संकलित कुहिने फोहोरलार्ई घरैमा कम्पोस्ट मल बनाउने, कागज, धातु, प्लास्टिकजस्ता नकुहिने फोहोरलाई बेचेर आम्दानी बढाउने रहेको छ।’ उनका अनुसार संस्थाले संस्थामा प्रयोग नहुने कागज तथा प्लास्टिकलाई संकलन गरी कवाडीलाई बेच्नु पर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउनु पर्ने, फोहोर घटाउन सामानलाई पुनः प्रयोग गर्ने बानी बसाल्नु पर्नेे रहेको छ। त्यसै गरी  समुदायको भूमिकामा समुदायले पुनः प्रयोगीय वस्तुलाई छुट्टै संकलन गर्नु पर्ने, समुदायलाई फोहोर व्यवस्थापन गर्न प्रोत्साहन गर्नु पर्ने र आफ्नो समुदाय वा छिमेकका विद्यालयहरूलाई वातावरण क्लब गठन गरी फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम गर्ने छन्।

प्रकाशित: २३ पुस २०७५ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App