१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैं तिहारमा विशेष सुरक्षा योजना

जुम्ला–जिल्ला प्रहरी कार्यालय जुम्लाले दसैं र तिहारमा विशेष सुरक्षा योजना बनाएको छ। दसैं तिहारमा अत्याधिक मदिरा सेवनका कारण हुन सक्ने संभावित घटना न्युनिकरण गर्न विशेष सुरक्षा योजना तर्जुमा गरिएको प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेले जानकारी दिए ।

उनका अनुसार दसैं तिहारको समयमा गस्ती बढाउनुका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिने छ। जुम्लाका पत्रकारहरुसँग कुरा गर्दै उनले दसैं तिहारलगायतका ठूला पर्वमा हुने विकृतिको पर्दाफास गर्दै सचेत र सजग बनाउन प्रयत्न हुने बताए।

चाडवाडका समयमा हुने कौडा, तिनपत्ती र मदिरा सेवन गरेर हुने हिंसा रोक्न पहिलो चरणमा जनचेतनाका  मूलक कार्यक्रम गरी सजग बनाइने  उनले जनाए। चाडवाडमा हुन्े विकृतिजन्य क्रियाकलापले घर नै उठिवास हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडाइ गरिने प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

गाउँमा स्थापना भएका प्रहरीचौकीलाई थप शसक्त बनाइने भएको हो। प्रहरी नायव उपरीक्षक काफ्लेले दसैंमा सकभर अशुभ क्रियाकलाप हुन नदिने गरि सुरक्षा योजना तर्जुमा गरिएको बताए।

 

प्रकाशित: १६ आश्विन २०७३ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App