१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय पक्राउ

कपिलवस्तु– लागु औषध खैरो हेरोइन र चरेससहित कपिलवस्तुमा आइतवार दिउँसो एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले भारतको उत्तर प्रदेश था ना सोहोरतगढका २७ बर्षे मुकेश चौरसियालाई बुद्धभुमनी नगरपालिका २ गोरुसिंगे बजार नजिकबाट ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेससहित पक्राउ गरको हो।

कृष्णनगरबाट युपी ५५ आर ७५२० नम्बरको मोटरसाइकलमा गोरुसिंगे तर्फ आउँदै गरेका उनलाई प्रहरीले रोकेर खान तलासी लिएको थियो। सोक्रममा लुकाएर राखेको अवस्थामा सो परिणामको  लागु औषध फेला परेको प्रहरी नायब उपरीक्षक रबी रावलले बताए।

पक्राउ परेको चौरसियालाई लागु औषधको मुद्दामा अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए। 

प्रकाशित: २२ पुस २०७५ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App