१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल भारत सिमाक्षेत्रमा संयुक्त गस्ती

रौतहट - नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका छन्। सिमा क्षेत्रमा हुन सक्ने अवैध कारोवारका तथा अपराधिक कृयाकलाप राेक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरेका हुन्।

नेपाल भारतबीच खुला सिमा रहेको हुँदा अपराधिक गतिविधि तथा अवैध कारोवार संचालन भइरहेकाे र त्यसले सरकारी राजस्वमाथि नै प्रतिकूल असर पारिरहेकोले उक्त कार्यलाई निरुत्साहित बनाउन संयुक्त पैदल गस्ती सुरु गरीएको  सशस्त्र प्रहरीको ११ नम्वर गणका एसपी कृष्ण ढकालले बताए।

भारतसँग रौतहटको २९ किलोमिटर सिमा जाेडिएकाे छ। खुला नाका भएकोले सशस्त्र प्रहरीको लक्ष्मिपुर बेलविछवा, गौर भन्सार, औरैया, रामपुरखाप र बंकुल गरी पाँच वटा बोर्डर आउट पोष्टले नियमित रुपमा ज्वाइन्ट गस्ती संचालनमा ल्याएकाे जसले गर्दा अपराधिक कृयाकलापका साथै सिमापार पार हुने चोरी तस्करी समेत नियन्त्रणमा आएको एसपी ढकालले बताए।

एसएसबी र सशस्त्र प्रहरीले नियमित रुपमा दसगजा क्षेत्रमा रहेको सिमास्तम्भको नियमित रुपमा अनुगमन गरेर सुरक्षा प्रदानमा जुटेको स्पष्ट पार्दै गणपती ढकालले ३२ किलोमिटरमा १५ वटा मुख्य पिलर, २९ सहायक पिलर र ११५ साना पिलर रहेको बताए। उक्त पिलर मध्ये मुख्य, सहायक र साना गरी कुल १७ वटा पिलर धेरै पहिला हराइसकेको हुँदा बाँकी रहेको पिलरहरुको नियमित रुपमा अनुगमन गर्ने गरेको ढकालले बताए। हराइरहेका पिलर सम्बन्धमा माथिल्लो निकायमा जानकारी गराइसकिएको उनले जानकारी दिए।

 

प्रकाशित: २२ पुस २०७५ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App