१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अष्ट्रेलियापछि बंगलादेशमा समेत चम्किए सन्दीप, डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन

काठमाडाैं - बंगलादेश प्रिमियर लिग (बीपीएल) मा समेत नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट सुरुवात गरेका छन्। सिलेट सिक्सरबाट प्रतियोगितामा सहभागी भएका उनले आफ्नो डेब्यु खेलमै २ विकेट लिएका छन्।

कोमिला भिक्टोरियन्स विरुद्धको पहिलो खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चदैं २ विकेट लिएका हुन्। उनले सोयव मलिकलाई १३ रनमा क्याच आउट गराएका थिए भने अनामुल हकलाई ५ रनमा बोल्ड आउट गरेका थिए। सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टोली सिलेट भने ४ विकेटले पराजित भएको छ। ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेपछि सन्दीपको टोलीले पहिलो हार व्यहोरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली सिलेटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोडेको थियो। सिलेटका पुरनले सर्वाधिक ४१ रन बनाए। १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको कोमिलाले उक्त लक्ष्य खेल सकिन एक बल अघि ६ विकेटको क्षतीमा भेट्टायो। सन्दीपले यस अघि विग ब्यास लिगमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी बीपीएल खेल्न अष्ट्रेलियाबाटै बंगलादेश गएका हुन्। सन्दीपकाे टाेली सिलेट डेभिड वार्नरको कप्तानीमा रहेको छ।

प्रकाशित: २२ पुस २०७५ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App