१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

१६ वर्षपछि घर फर्किन् अमृता

काठमाडौं – नेपाली मूलकी अभिनेत्री अमृता आचार्य नेपाल भ्रमणमा छिन्। एचबिओ च्यानलको चर्चित सिरिज ‘गेम अफ थ्रोन्स’की अभिनेत्री १६ वर्षपछि नेपाल आएकी हुन्। नेपाल र भारतबाट विभिन्न जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाको पुनःस्थापनाका लागि स्थापित ‘छोराछोरी’ नामक संस्थाको पहलमा नेपाल भ्रमणमा आएकी थिइन्।

नेपाल भ्रमणमा व्यस्त अभिनेत्री आचार्य शुक्रबार गोदावरीको तौखेलस्थित सो संस्थाको पुनःस्थापना केन्द्र पुगेकी थिइन्। नेपाल र भारतमा बेचिएका केटाकेटीलाई उद्धार गरेर पुनःस्थापना गर्न स्थापित ‘छोराछोरी’को पहलमाउनी नेपाल आएकी हुन्। ‘छोराछोरी’मा आबद्ध उनले सो पुनःस्थापना केन्द्रमा रहेका बालबालिकासँग प्रत्यक्ष भेटेर कुराकानीसमेत गरेकी थिइन्।

नेपाल आउनुअघि बेलायतमा ‘छोराछोरी’ संस्थाले आयोजना गरेको आर्थिक सहयोग संकलनका लागि आयोजित डिनर र विभिन्न कार्यक्रममा सहभागि भएकी थिइन्। ‘नेपालीमा अहिले तपार्इंहरूको प्रश्नको उत्तर दिन सक्दिनँ। अर्कोपटक नेपाली भाषा सिक्न नेपाल आइनेछ। त्यतिखेर सबै नेपालीमा उत्तर दिनेछु,’ अन्तर्वार्ताको सुरुमै उनले भनिन्। आफू रसियन र युक्रेनियन भाषामा मात्र स्पष्ट बोल्ने गरेको उनले बताइन्। एक साताअघि नेपाल आएकी उनले नेपाल भ्रमण उत्कृष्ट भएको प्रतिक्रिया दिइन्।

आफ्नी दिदी माया आचार्यसहित नेपाल आएलगत्तै घुमघाममा निस्किएकी उनले नेपालमा बनेका कपडा र सामान सम्झना स्वरूप लाँदैछिन्। ‘काठमाडौं साँच्चिकै चिसो रहेछ। ढाकाको सल किन्न तानसेन पुगेका थियौं,’उनले भनिन्। उनले पोखरा, घान्द्रुक, भैरहवा र बुटवल लगायत स्थान घुमघाम गरेकी थिइन्। अमृतालाई नेपालमा बिताएको बाल्यकालको भने खासै याद छैन। सात वर्षको उमेरमा परिवारसहित नेपाल छाडेकी उनले २०७१ को विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय कलाकारहरूको सहयोगबाट राहत जुटाएकी थिइन्।

‘मेरा आफन्तहरू नेपालमा छन्। नेपालबारे अभिभावकबाट धेरै राम्रा कुरा सुनेको छु। भारतमा बेचिएका बालिकाहरूको पुनःस्थापनामा काम गरिररहेको माइती नेपालबारे बुबाले भन्नुभएको थियो। नेपाल र नेपालीका लागि मैले पनि केही गर्नुपर्छ भन्ने लागि रहेका बेला ‘छोराछोरी’ संस्थाले मलाई सम्पर्क गरेको थियो। उनीहरूका कामबारे जानकारी पाएपछि यसमा आबद्ध भएकी हुँ।’

उनी सन् २०१७ देखि बेलायतमा प्रसारण भएको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलको मुख्य भूमिकामा देखिएकी थिइन्। भारतको केरलाको सेटमा श्रीलंकामा सुटिङ भएको ‘द गुड कर्म हस्पिटल’मा उनीडा. रुबी वाकरको भूमिकामा देखिएकी थिइन्। ‘श्रीलंकामा द गुड कर्म हस्पिटलको सुटिङको दौरान नेपाल भ्रमणमा आउने योजना बनाएकी थिएँ। नेपाल भ्रमण छोराछोरी संस्थाका कारणले  भ्रमणले भयो। यो संस्था बालबालिकाका लागि सुरक्षित वातावरण तयार गर्न लागिपरेको रहेछ। यसले बालबालिकाहरूको शिक्षा,सीप र सुन्दर भविष्यकालागि काम गरिरहेको छ। यो मलाई मनपर्यो।’

उनका अनुसार नेपालका बालअधिकार उल्लंघनका घटनाहरू उल्लेखनीय छन्। ‘गरिबीका कारण बालबालिकाबेचिनु दुभाग्यपूर्ण कुरा हो। नेपाल र भारतमा बेचिएका बालबालिकालाई नेपाल फर्काएर शिक्षा रसीप सिकाएर सक्षम नागरिक बनाउन लागिपरेको यस संस्थाले बालिका सशक्तीकरणमा जोड दिएको छ।’ हाल छोराछोरीको पुनःस्थापना केन्द्रमा २७ बालबालिकाछन्। उनीहरूलाई शिक्षा, रोजगारकालागि सीपमूलक प्रशिक्षण र प्रोत्साहित गर्न विभिन्न कक्षा सञ्चालन गरिएका छन्।

उनले ‘आइएमयोर्स’, ‘डेड इस्नोः रेड भर्से डेड’, ‘वेलकम टु क्युरियोसिटी’, ह्वाइट च्याम्बर’, ‘द डेभिल्स डबल’ र ‘अफ हर आइ ड्रिम’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्। ‘बलिउड फिल्महेर्ने गरेपनि नेपाली फिल्मअहिलेसम्म हेरेकी छैन। म एक कलाकार भएकीले मलाई मनपर्योभने नेपाली फिल्ममा अफर आयो भने पक्कै अभिनय गर्नेछ,’उनले भनिन्। संसारभर महिला र पुरुषबीच हुने पारिश्रमिक विभेदमाथि उनले गुनासो गरिन्। ‘महिला र पुरुषबीच हुने पारिश्रमिक विभेद संसारभर हरेक पेसामा छ। विडम्बना ! अभिनयको क्षेत्रमापनि पारिश्रमिकलाई लिएर महिला र पुरुष कलाकारबीच ठूलो विभेद छ,’ उनले सुनाइन्।

अभिनय सिक्न बेलायत पुगेकी उनी आफ्नो लुक्सको कारण विभिन्न फिल्ममा काम गर्न अवसर पाएको बताइन्। ‘मेरो लुक्सका कारण फिल्ममा काम गर्न सजिलो भएको हो। यसले मलाई राम्रो कलाकार बन्न प्रोत्साहित गरेको हो,’ उनले भनिन्।

लगातार एकपछि अर्को फिल्ममा व्यस्त हुँदा थिएटरमा भने काम गर्न नभ्याएको उनले बताइन्। अभिनयबाहेक फिल्मको स्क्रिप्ट लेखन र निर्देशनमा समेत काम गर्न उनी इच्छुक छिन्। ‘स्क्रिप्ट लेखन कुनै फिल्मको महत्वपूर्ण भाग भएकाले यसमा सहकार्य गर्न इच्छुक छु। त्यसबाहेक फिल्म निर्देशन गर्न चाहन्छु,’ उनले भनिन्।

प्रकाशित: २२ पुस २०७५ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App