१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

म्याग्दीमा दैनिक ५ करोड रेमिटेन्स

म्याग्दी- रोजगारीकासिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दसैंतिहारलाई लक्षित गरेर रेमिटेन्स पठाउन थालेपछि वित्तीय संस्थामा चहलपहल सुरू भएको छ।शिक्षा, रोजगारी, व्यापारको सिलसिलामा विदेश बसेकालेचाडपर्वमा आवश्यक सामान किन्न र घरायसी खर्चका लागि पैसा पठाउने गरेका छन्।

असोज दोस्रो सातदेखिवित्तीय संस्थामा चहलपहल सुरू भएको थियो। जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेका बैंक तथा वित्तीय संस्थाका अनुसार केहीदिनयता दैनिकजसो करिब५ करोड रुपैयाँ हाराहारी रेमिटेन्स भित्रिरहेको छ।रेमिटेन्स भित्रिएसँगै बजारमा चहलपहल सुरू भएको छ। विगतका वर्षमा दसैं नजिक दैनिक १० करोडसम्म भुक्तान गरेपनि यस वर्ष घटेको सेवाप्रदायक संस्थाको भनाइ छ।

सदरमुकाम बेनीस्थित गरिमा विकास बैंक, धौलागिरि बचत तथा ऋण सहकारी संस्था, बुद्ध बहुउद्देश्यीय सहकारी,प्रभु बैंक, ग्लोबलआइएमई बैंक, माछापुच्छ्रे बंैक, जिल्लाको दोस्रो व्यापारिक केन्द्र दरबाङस्थित दरबाङ बचत तथा ऋण सहकारी, पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाले दैनिकजसो करिब २५ देखि ५० लाखसम्म रेमिटेन्स भुक्तान गर्ने गरेको बताएका छन्। ५० लाख तथा आधा दर्जन साना सहकारी संस्थाले समेत २० देखि ४० लाखसम्म भुक्तानी गरेको तथ्यांक उपलब्ध गराएका छन्। ठूला बैंकभन्दा विकास बैंक र सहकारीले धेरै रकम भुक्तान गरेका छन्।

सदरमुकाम बेनीबजारमा केन्द्रीय कार्यालय रहेको निलगिरि विकास बैैंकले दरबाङ, बाबियाचौर, भुरुङ तातोपानी शाखा र धार्मिकस्थल गलेश्वरस्थित एक्टेन्सन काउन्टरबाट वितरण गरेको जनाएको छ।'केहीदिनयता रेमिटेन्स लिन आउनेको संख्या बढ्न थालेको छ। वर्षभर वितरण गरिने रेमिटेन्सको ठूलो हिस्सा दसैंले ओगटेको छ,' धौलागिरि टुर एन्ड ट्राभल्सका प्रबन्धक बसन्त श्रेष्ठले भने। उनले  वार्षिककरिब ९० करोडसम्म रेमिटेन्स भुक्तान गर्ने गरेको बताए। न्यूनतम ३० हजारदेखि ५ लाखसम्म भुक्तान गरेकोमा दसैंपछि करिब २० प्रतिशत हाराहारीफर्कने गरेको समेत उनले बताए। ग्रामीण क्षेत्रमा खुलेका सहकारीले समेत रेमिटेन्सबाट भुक्तान गर्न थालेपछि दुर्गम क्षेत्रबाट पछिल्लो समय सदरमुकाम आउनेको संख्या घट्न थालेको छ।

चाडपर्वमा किनमेलसहित भडकिलो खर्च गर्ने गरिएकाले पनि रेमिटेन्सको रकम सामान खरिद गरी धेरै जिल्ला बाहिर जाने गरेको छ। रेमिटेन्स भित्रिन थालेपछि फेन्सी पसल,सुनचाँदी पसलसहित चाडपर्वमा आवश्यक पर्ने साम्रगी खरिद गर्नेको भीड लाग्न थालेको छ। जिल्लामा सार्क राष्ट्रका साथै युरोप, अमेरिकासहित खाडीमुलकबाट रेमिटेन्स भित्रिने गरेकोमा करिब७० प्रतिशत रेमिटेन्सको हिस्सा खाडीमुलुकबाट भित्रिन्छ। खाडीमुलुकबाट भित्रिने रेमिटेन्स घरायसी खर्चमै सीमित हुने गरेको छ। जिल्लामा वार्षिक ४ अर्बको हाराहारीमा  रेमिटेन्स भित्रिन्छ। म्याग्दीको प्रमुख आयस्रोत रेमिटेन्सनै बनेको छ।

बजारमा चहलपहल घट्न थाल्यो

विगतका वर्षको तुलनामा सदरमुकामसहित ग्रामीण क्षेत्रका बजारमा चहलपहल घटेको छ। दसैंको घटस्थापनाका दिनसमेत बजारमा किनमेलमा अपेक्षा गरेअनुसार भीडभाड नभएको व्यापारीको भनाइ छ। फेन्सी, किराना, होटलसहित चाडपर्वमा आवश्यक पर्ने सामग्री खरिद–बिक्रीमा अपेक्षा गरेअनुसार ५० प्रतिशत समेत नरहेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए।

'व्यापारी निराश छन्। जिल्लाभरको अवस्था एउटै छ,' शाक्यले भने।विगतका वर्षमा दसैंको २–३ हप्ताअघि नै चहलपहल हुने गरेपनि मूल्यवृद्धि लगायत कारणले समेत ग्राहकले अन्तिम समयसम्म प्रतीक्षा गर्ने गरेकोव्यापारीको भनाइ छ। बेनीसहित दोस्रो व्यापारिक केन्द्र दरबाङ, बाबियाचौर, गलेश्वर, भुरुङतातोपानीसहित साना बजारमा समेत चहलपहल विगतभन्दा न्यून छ। रेमिटेन्स भित्रिएसँगै केही चहलपहल भएपनि २–३ दिनपछि बजार सुनसान जस्तै हुने व्यवसायी बताउँछन्।

प्रकाशित: १६ आश्विन २०७३ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App