१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जाडोमा छाला बिग्रेला है !

जाडो बढेपछि  धेरै मानिस छालाका विभिन्न समस्याबाट  हैरान हुन्छन्। हातखुट्टा फुट्यो, छाला खस्रो भयोजस्ता गुनासा धेरैले गर्छन्। चिसोमा छालाका धेरै समस्या लिएर बिरामी उपचारमा आउने गरेको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ छाला रोग विशेषज्ञ सीमा सिटौला बताउँछिन्।

उनका अनुसार छालालाई बाहिरी वातावरणबाट बचाउने एउटा तह हुन्छ। यो तहको काम पानीलाई छालामै राख्नु र नरम बनाउनु हो। चिसोका कारण छालामा लेयर (तह) बन्दैन र छालाको पानी बाहिर निस्कन्छ। जसका कारण छाला सुक्खा हुन्छ। यसमा क्रममा छालामा कत्ला आउने, अनुहारलगायत देखिने भागका छाला फुट्ने, चिलाउने, बढ्दै गएर छालामा एक्जिमा रोग लाग्ने, हातखुट्टा सुन्निने र जोर्नी दुख्ने लगायतका समस्या देखापर्छन्।

चिकित्सकका अनुसार जाडो मौसममा छालामा यी समस्या आउन नदिनका लागि खानपान तथा छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ। बजारमा जथाभाबी पाइने मोस्चराइजर क्रिम प्रयोग गरेको पनि देखिन्छ। तर यसको प्रयोगपछि पनि सुधार हुँदैन। यसको कारण के हो भने सबै क्रिममा छालालाई नरम बनाइराख्ने तत्व नहुनु र कतिपय अवस्थामा क्रिमको सही प्रयोग गर्न नजान्नु पनि हो।

तपाईं कुनै मोस्चराइजर क्रिम प्रयोग गर्दै हुनुहुन्छ भने तातो पानीले शरीर भिजाएलगत्तै प्रयोग गर्नुपर्छ। क्रिम छनौट गर्दा सकेसम्म छाला नरम बनाउने तŒव भएको गर्नुपर्छ। यो कुरा सबैलाई जानकारी हुँदैन। आफ्नो छालाको प्रकृतिअनुसारको क्रिम प्रयोग गर्न छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ। यदि तपाईंको पहुँचमा छाला रोग विशेषज्ञ छैनन् भने नरिवलको तेल र भ्यासलिनजस्ता चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ। चिकित्सकका अनुसार छालालाई सुन्दर र नरम राख्न खानाको पनि उत्तिकै भूमिका हुन्छ। जाडो मौसममा छाला सुन्दर राख्न र विभिन्न रोगबाट बच्न ओलिभ (जैतुन)को तेल, ओखर, एभोकाडोजस्ता चिजको नियमित प्रयोग गर्नुपर्छ।

प्रकाशित: २१ पुस २०७५ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App