१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था हुन्छ: शिक्षामन्त्री पौडेल

काठमाडौँ-शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दुईदिने केन्द्रीय कार्यालय सदस्यहरुको पूर्ण बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा मन्त्रालयले यस विषयमा तयारी थालिसकेको जानकारी दिए।

मन्त्री पौडेलले अस्थायी शिक्षकलाई अन्याय हुने प्रकारले व्यवस्थापन प्रक्रिया अघि नबढाउने बताउँदै भने– “अस्थायी शिक्षकलाई सुविधा विस्तार गर्न भिन्नै नीतिगत व्यवस्था गर्न लागेका छौँ।”

मन्त्री पौडेलले शिक्षा नियमावली अन्तिम चरणमा पुगेको भन्दै असोज मसान्तसम्म आइसक्ने बताउँदै अस्थायी शिक्षक र विद्यालय कर्मचारीका सुविधा वृद्धि र व्यवस्थापनका लागि नियमावलीमा उल्लेख गर्न मन्त्रालय गृहकार्यमा जुटेको बताए।

कार्यक्रममा सङ्गठनका अध्यक्ष भोला सापकोटाले विगतका सहमति र सम्झौताअनुरुप नै अस्थायी शिक्षकको व्यवस्थापन गर्न सङ्गठन लागिरहेको बताए।

सङ्गठनका महासचिव शङ्कर अधिकारीले अस्थायी शिक्षकको व्यवस्थापनका सम्बन्धमा सङ्गठनको स्पष्ट धारणा रहेको र त्यो सार्वजनिकसमेत गरिसकिएकाले अस्थायी शिक्षकको व्यवस्थापन गर्न मन्त्रालयलाई दबाब दिइने बताए। रासस

 

प्रकाशित: १५ आश्विन २०७३ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App