१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला बास्केटबल शनिबारदेखि

काठमाडौं – नेसनल क्रिएटिभको–एजुकेसनल स्कुल (एनसिसिएस) र विशाल मिलन केन्द्र (बिएमके) को संयुक्त आयोजनामा तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहने कार्यक्रम संयोजक एवं एनसिसिएसका बास्केटबल प्रशिक्षक राजु आचार्यले जनाएका छन्। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल, एनसिसिएस, बीएमके, काठमाडौं नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिनमा शीर्ष ४ स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्नेछन्। यसमा पराजित हुनेले पुनः फाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा राष्ट्रिय टिममा रहेका १२ खेलाडीबाहेक सबैलाई सहभागिता खुला गरिएको प्रशिक्षक आचार्यले जानकारी गराए। प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछन्।

प्रकाशित: १९ पुस २०७५ २३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App