१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वाइडबडी प्रकरणले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको प्रष्ट : विवेकशील

काठमाडाैं - नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानविन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरि निष्पक्ष कानुनि र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन विवेकशीलले नेपाल सरकारसँग माग समेत गरेकाे छ। विहिबार जारी गरिएकाे विज्ञप्तीमा भनिएकाे छ "सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ। अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्।"

राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्पारिक राजनीतिक अभ्यास नै यो समस्याको मुल कारण भएकाे विवेकशीलकाे ठहर छ।

प्रकाशित: १९ पुस २०७५ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App