१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

दोषीलाई कडा कारबाही हुनैपर्छ, मलाई न्याय दिनुस् : रेशम चाैधरी (भिडियोसहित)

काठमाडाैं - सांसद रेशम चौधरीले आफुलाई न्याय दिन आग्रह गरेका छन्। विहिबार सिंहदरबारमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएका उनले सञ्चार माध्ययमलाई प्रतिक्रिया दिँदै घटनाको स्पष्ट छानविन हुनुपर्ने र दोषीले सजायको भागिदार बन्नुपर्ने बताए।

उनले भने "मलाई लाग्छ न्यायालयले हामिलाई न्याय दिनेछ। म फेरी भन्छु, घटनाको स्पष्ट छानविन हुनैपर्छ, दोषीले कडा भन्दा कडा सजाय पाउनैपर्छ। दोषी उम्किनु पर्छ मैले कहिल्यै भनेको छैन।" उनले नेपालको इतिहासमै आफु सबैभन्दा सानो उमेरमा गोरखा दक्षिण बाहु प्राप्त गर्ने व्यक्ति भएको बताउँदै आफुमाथि लागेका आरोप निराधार भएको बताए।

राजनीतिक दुर्घटनाको निराकरण राजनीतिबाटै हुनुपर्ने उनले बताए। टिकापुर घटनालाई हल्का रुपमा नलिन आग्रह गर्दै उनले भने "सामाजिक सञ्जालमा धेरै जिस्काउने घटना होइन यसलाई यती सहजै नलिनुस्। यो एउटा जातीय वर्गीय समुदायलाई ठेस पुगेको घटना हो।"

आफु घटना भएको दिन दिनभर सुरक्षाकर्मीसँगै बर्दियामा भएको बताउँदै उनले आफुलाई घटनाको षडयन्त्र रचेको आरोप लगाइएको प्रती आपत्ती जनाए। "समस्या समाधान गर्ने क्रममा सुरक्षाकर्मीसँगै २४ सैं घण्टा उसको घेरोमा बसेको मान्छे मैले कतिखेर षडयन्त्र गरे कतिखेर षडयन्त्रकारी भए" उनले प्रश्न गरे। डिल्लीबजार कारागारबाट सपथका लागि सिंहदरवार ल्याइएका चाैधरीलाई पुनः सपथ पश्चात कारागारमै लगिएकाे छ। भिडियो: अशोक दाहाल

 

प्रकाशित: १९ पुस २०७५ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App