१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो कर्णाली जीएमआरले बेच्न लाग्याे, सरकार लम्पसारः भिम रावल

काठमाडौं–  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ‘जिएमआर’ले   बेच्न चलखेल गरिरहेको भन्दै उसको गतिविधि प्रति नेपाल सरकारनै झुकेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा  बोल्दै नेता रावलले जीएमआरले आयोजना बनाउँदैन भनेर विगतमा आफूले निकालेको निक्र्योल पुष्टि भएको बताए। ‘जिएमआर’ले सम्झौताअनुसार गर्दैन भनेर सुशील कोइरालाको समयमै मैले १२ बुँदे ज्ञापनपत्र बुझाएको थिएँ’ उनले भने ‘ १० वर्षसम्म पनि आयोजना निर्माण नगर्ने उक्त कम्पनीको म्याद अब नथपियोस। यसरी लम्पसार परेर देशको हित हुन्छ?’

रावलले २०७१साल अघिनै लगानी बोर्डसँग सम्झौता गर्दा २४ महिनाभित्र वित्तीय व्यवस्थापन हुनुपर्ने सर्त राखिएको तर आजसम्म उक्त कार्य हुन नसकेको भन्दै जीएमआर सँगको संझौता रद्द हुनुपर्ने माग गरे।रावलले  जीएमआरले ४८ महिना १५ दिन गुजारी सकेको र पछिल्लो समय आयोजना अन्य कम्पनीलाई बिक्री गर्ने प्रयास गरेकोसार्वजनिक भएको भन्दै त्यसबारेको सत्य तथ्य जानकारी गराउन सरकारसँग माग गरे।  उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन नबन्नु र  २३ वर्षसम्म पनि महाकाली सम्झौता पुनरावलोकन नहुनुको कारण सदनलाई जानकारी गराउन माग राखे।

 

प्रकाशित: १९ पुस २०७५ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App