१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा ११४ कुष्ठरोगी

वीरेन्द्रनगर – कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ। आर्थिक वर्ष २०७४–७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन्।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको संख्या सुर्खेतमा देखिएको छ। सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी फेला परेका छन्। तथ्याङ्कअनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा ९–९, जुम्ला, मुगु र सल्यानमा ३–३ तथा हुम्लामा एक जनामा कुष्ठरोग देखिएको छ।

सरकारले सन् २०२० सम्ममा नेपाललाई कुष्ठरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। बिरामी वर्षेनी बढ्दै जाँदा यसमा चुनौती देखिएको छ। आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका निर्देशक मङ्गल चौधरीका अनुसार नेपालमा वर्षेनी तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सो क्रम बढ्दो मात्रामा छ।

साइनिङ अस्पतालमा साउनयता १० कुष्ठरोगका बिरामी उपचारका लागि आएका छन्। गत वर्ष ६० कुष्ठरोगी उपचार गर्न आएका थिए। अस्पतालले अहिलेसम्म १० हजार ८०० कुष्ठरोगीको उपचार गरिसकेको चौधरीले बताए। गत वर्ष १४६ कुष्ठरोगी भर्ना भएका थिए।    (रासस)

प्रकाशित: १८ पुस २०७५ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App