१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सोनाम र दाबुटीलाई उपाधि

काठमाडौं – सगरमाथा आरोही दाबुटी शेर्पा सन् २०१८ को ‘मिस शेर्पा’ बनेकी छिन्। दिपास इन्टरनेशनलको आयोजनामा राजधानीमा भएको ‘मिस शेर्पा’को पाँचौ संस्करणमा ८ प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘मिस शेर्पा’ बनेकी हुन्। सन् २०१७ मा सगरमाथाको सफल आरोहण गरेकी दाबुटीले ‘मिस बेस्ट ट्यालेन्ट’को विधागत अवार्ड पनि जितिन्।

दाबुटीलाई ‘मिस शेर्पा २०१७’ की विजेता सोनाम डोल्मा शेर्पाले ताज पहिराइदिएकी थिइन्। उपाधिसँगै दाबुटीले ३० हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाइन्। उनले ‘मिस इन्टरनेशनल टुरिजम’मा सहभागिताको अवसर पनि पाएकी छन्।

प्रतियोगितामा ‘मिस शेर्पा’तर्फ दावा याङ्जी शेर्पा ‘फस्ट रनर अप’ बन्दै ‘मिस फोटोजेनिक’को अवार्ड पनि जितिन्। उनले २० हजार २ सय २२ रुपैंयाँ पुरस्कार पाइन्। त्यसैगरी निमा ल्हामु शेर्पा ‘सेकेन्ड रनर अप’ हुँदै १० हजार १ सय ११ रुपैंयाँ पुरस्कार पोल्टामा पारिन्।

त्यसैगरी ‘मिस्टर शेर्पा’को उपाधि सोनम जाङ्बु शेर्पाले हात पारे। ९ प्रतियोगीलाई पछि पार्दै उनले उपाधिसहित ३० हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार जिते। प्रतियोगितामा पेम्बा शेर्पा ‘फस्ट रनर अप’ र पासाङ शेर्पा ‘सेकेन्ड रनर अप’ भए। पेम्बाले २० हजार २ सय २२ र पासाङले १० हजार १ सय ११ नगद पुरस्कार पाए।

प्रकाशित: १८ पुस २०७५ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App