१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश ५ : माघीमा २ दिन बिदा दिने प्रदेश सरकारको निर्णय

बुटवल– प्रदेश नं. ५ मा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिकाको अवसरमा दुइ दिन प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

प्रदेशमा मगर र थारु जातीको बाहुल्यता रहेको र उनीहरुले माघे संक्रान्तिलाइ महान चार्डका रुपमा मनाउने भएकाले दुई दिन पर्व विदा दिइएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए। माघीको पूर्व सन्ध्यामा पुस मंसिर ३० गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने भएको छ। प्रदेशस्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने सो कार्यक्रममा थारु र मगर समुदायमा प्रचलित खानाका परिकारहरु ढिकरी, माछा, घोगी, बटुक लगायत खुवाइने मन्त्री चौधरीले बताए।

मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुले तयार गरेका ४ वटा बिधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ। प्रदेश मातहत आइसकेका  अञ्चल अस्पतालहरुको नामाकरण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, प्रदेश तथ्याङ्क सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, प्रदेश खानी ब्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हक अधिकार सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

प्रकाशित: १७ पुस २०७५ १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App