१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीद्वारा कालो चरेस नष्ट

रोल्पा– रोल्पा प्रहरीले पक्राउ गरेको ५ किलो कालो चरेस मंगलवार जलाएर नष्ट गरेको छ। प्रहरीले गत पुस ८ गते उक्त चरेस सहित एक महिलालाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सुलिचौर थवाङ सडक खण्डमा संचालन गरिएका सवारी साधनलाई चेकजाँच गर्ने क्रममा उक्त चरेस पक्राउ गरिएको होे। सुनछहरी गाउँपालिकाको फुलिवन हुदै सुलिचौर तर्फ आउदै गरेको रा.१ज. ६८९ नं. को जीपलाई चेकजाँच गर्ने क्रममा रोल्पा थवाङ गाउँपालिका वडा नं. ५ की ५५ बर्षिया वरमाया पुन चरेस सहित पक्राउ परेकी थिइन। 

जिल्ला प्रसशान, अदालत, नगरपालिका र प्रहरी समेतको उपस्थितिमा उक्त चरेस जलाइएको हो। पुनमाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत मुद्दा चलिरहेको प्रहरीले बताएको छ। ठुलो मात्रामा चरेस उत्पादन र निकासी हुने गरेको सूचनाका आधारमा रोल्पा प्रहरीले नाका र सवारी साधनमा चेकजाँच बढाएको जनाएको छ।

प्रकाशित: १७ पुस २०७५ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App