प्रदेशमै श्रम स्वीकृति पाएपछि सेवाग्राही उत्साहित

मङ्गलबार, १७ पुष २०७५, ११ : १० सुरेश यादव

जनकपुरधाम - धनुषा, धनौजी गाउँपालिका–५, बहुअर्बा निवासी मोहम्मद जिलानी मोमिन आइतबार निकै उत्साहित मुद्रामा भेटिए। जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारमा जान श्रम स्वीकृति पाएपछि उनी हर्षित भएको बताए। 

दुई कारणले खुसी भएको जिलानीले बताए, ‘पहिलो त आर्थिक अभावका कारण विदेशिन बाध्य हामीजस्ता निम्न वर्गीयलाई एक हप्ता लगाएर काठमाडौं धाउनुपर्दाको खर्च जोगियो। र अर्को, एक हप्ता लाग्ने काम एक घण्टामै हुने भएपछि बाँकी समय ज्याला मजदुरी गर्न पनि पाउने भयौं।’ 

जिलानीसँगै श्रम स्वीकृति पाएका नौवाखोर निवासी जलिल नदाफले जनकपुरमै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति पाएपछि बल्ल संघीयताको अनुभूति भएको बताए। ‘एक घण्टामा हुने कामका लागि काठमाडौं जानुपर्दाको दुःखबाट बल्ल मुक्ति पायौं,’ उनले थपे, ‘म जस्ता हजारौं मधेसी युवालाई जनकपुरबाट पाउने यो सेवाले सहज हुने भयो।’ उनका अनुसार ६ हजार दस्तुर लाग्ने श्रम स्वीकृति लिन काठमाडौं जानुपर्दा कम्तीमा तीन गुणा बढी खर्च बेहोर्नु पथ्र्यो। 

यसअघि काठमाडौं, ताहचलस्थित वैदेशिक रोजगार विभागबाट मात्र प्रदान गरिने श्रम स्वीकृति आइतबारबाट प्रदेश २ को जनकपुर तथा प्रदेश ५ को बुटबलबाट पनि दिन थालिएको हो। अन्य प्रदेशमा पनि क्रमशः सेवा विस्तार गर्दै जाने सरकारको तयारी रहेको स्रोतले जनाएको छ। स्रोतको अनुसार सातवटै प्रदेशबाट वैदेशिक रोजगारको लागि श्रम स्वीकृति प्रदान गरिने सरकारको नीति छ।  यसअघि जम्मा ६ जनाले सञ्चालन गरिरहेको श्रम कार्यालय प्रादेशिक श्रम तथा रोजगार कार्यालयको रुपमा परिणत भएपछि वरिष्ठ श्रम अधिकृतको नेतृत्वमा १४ जना जनशक्तिको दरबन्दी सिर्जना गरिएको छ। यसअघि कारखाना निरीक्षकको कमाण्डमा श्रम कार्यालय सञ्चालन रहेकै कार्यालयलाई परिमार्जन गरी सेवा थपिएको हो। हाललाई कम्तीमा एक पटक विभागबाट श्रम स्वीकृति प्राप्तगरी विदेशिएकालाई मात्र जनकपुरबाट श्रम स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको छ। प्रथम पटक विदेशिन चाहनेका लागि भने अहिले पनि काठमाडौंबाटै श्रम स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ।

संघीय राजधानी बाहिर सेवा सुरु गरिएपछि जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति प्राप्त गर्ने प्रथम व्यक्ति हुन् जिलानी। उनी समेत आइतबार ३० जनाले जनकपुर कार्यालयबाट वैदेशिक रोजगारमा जान श्रम स्वीकृति प्राप्त गरेको कार्यालयका निमित्त प्रमुख मनोज यादवले जानकारी दिए। उनका अनुसार सोमबार ३१ जनाले श्रम स्वीकृति पाएका छन्। 

प्रदेश २ बाट मुलुककै सबैभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन्। प्रदेश २ मा पनि धनुषा जिल्ला वैदेशिक रोजगारमा जानेहरुको सबैभन्दा बढी संख्या भएको जिल्ला मानिन्छ। मुख्यतः खाँडी मुलुकमा नेपालको धनुषा र महोत्तरीबाट सर्वाधिक संख्यामा युवा विदेशिएका छन्। 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad