१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नवनियुक्त चिनियाँ राजदूतको कार्ययोजना : दुई देशबीच जनस्तरमा सम्बन्धदेखि बराबरी साझेदारीसम्म

काठमाडौं– नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच विकास अनुभवको आदानप्रदान हुनुपर्ने बताएकी छिन्। कार्यभार सम्हाल्न शनिवार काठमाडौं आएकी राजदूत यान्छीले नेपाली जनताका नाममा सन्देश जारी गर्दै दुई देश र जनताबीच विकास अनुभवको आदान गराउन आफूले पहल गर्ने बताएकी छिन्।

चीन सरकारको कुटनीतिक नीति तथा राष्ट्रपति सी जिनपिङको विचारधारामा अडिग रहँदै आफूले दुई देश र देशका जनताका बीचमा विकास अनुभवको आदानप्रदान, जनचाहनाको प्रवर्द्धन, बराबरी साझेदारीकोे क्षेत्रमा काम गर्ने यान्छीको भनाई छ। 

दुई देशबीच ऐतिहासिक तथा पुरानो सम्बन्ध रहँदै आएको भन्दै उनले बुद्धको जन्मभूभी नेपाल र नेपाली सांस्कृतिक सम्पदा तथा नेपालीहरु सहनशील र दयालु रहेको भन्दै प्रशंसा गरेकी छिन्।

बुद्धको देश नेपालमा असल मान्छे रहेको र नेपालसँग चीनको आपसी हित, शान्तिपूर्ण तथा ऐतिहाँसिक सम्बन्ध रहँदै आएको उनले उल्लेख गरेकी छिन्। जनस्तरको असल सम्बन्धसँगै दुई देशबीचको सम्बन्ध नयाँ मोडमा पुगेको उनको ठहर छ।

चीन र नेपाल विकास तथा आपसी सहयोग तथा साझेदारीका विषयमा पञ्चशीलको सिद्धान्तमा अगाडि बढिरहेकाले यसले दुई देशको विकासको लागि राम्रो भूमिका खेलेको चिनियाँ राजदूतले उल्लेख गरेकी छिन्। रोड तथा बेल्ट परियोजनाले दुई देशबीचको सडक सञ्जाल, व्यापार, कृषि, संस्कृति, पर्यटनमा थप टेवा पुग्ने राजदूत यान्छीको विश्वास छ।

चिनियाँ विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागका ६ डेपुटी डाइरेक्टर जनलरल मध्येकी एक यान्छीले राजदूत भएर काठमाडौं आएपछि आइतवार परराष्ट्र मन्त्रालयलाई आफ्नो नियुक्ति पत्र बुझाएकी छन्। मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी समक्ष उनले पत्र पेश गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ। उनले अब राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेर औपचारिक रुपमा काम थाल्नेछिन्। 

प्रकाशित: १६ पुस २०७५ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App