१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

माझखण्डको जग्गा विक्रि वितरणमा रोक

ललितपुरको दक्षिणी भेगमा पर्ने वागमती गाउँपालिका–५ स्थित माझखण्डको जग्गा किनबेचमा वडा कार्यालयले रोक लगाएको छ। पर्यटकीय क्षेत्रको प्रवल सम्भावना बोकेको ठाउँमा जग्गा व्यवसायीहरूको चलखेल बढेको भन्दै वडाले तत्काल कुनै पनि जग्गा विक्रि वितरण नगर्न निर्देशन सँगै रोक लगाएको हो। 

वडाध्यक्ष साजन दर्लामीले ‘डेस्टिनेसन माझखण्ड कम्पनीका केही व्यक्तिले जग्गा किन्ने क्रम बढेसँगै त्यस क्षेत्रको तामाङवस्ती नासिने भएकोले त्यसलाई रोक लगाइएको जानकारी दिए। उनका अनुसार हाललाई कुनै व्यक्तिले जग्गा कारोबार गर्न पाउने छैनन्। यदी कसैले चलखेल गरेर ग्रामिण भेगको जग्गा विक्रि वितरण त्यसमा वडाले कारवाही गर्नेछ। ‘अहिले हामीले यो क्षेत्रको जग्गा विक्रि वितरण गर्न दिएका छैनौं, अनावश्यक रुपको केही जग्गा व्यवसायी आएर सस्तोमा जग्गाको किनबेच गर्न थालेपछि त्यसमा रोक लगाएका हौं,’ भने। 

यतिमात्रै होइन, यो क्षेत्रमा केबलकारको सपना देखाएर केही व्यवसायीले पछिल्लो समय त्यहाँको जग्गा विक्रि वितरण गर्न थालेका हुन्।  यो क्षेत्र प्राकृतिक रूपमा भरिपूर्ण मानिन्छ। यहाँ रमिते भ्युटावर, रुद्रेश्वर महादेव, बुद्ध विहारलगायत धेरै पर्यटन आकर्षणका ठाउँहरू छन्। ललितपुरको ग्रामीण भेगमा पर्ने माझखण्डबाट तराई र हिमशृंखला अवलोकन गर्न सकिन्छ। यहाँका डाँडापाखा दुर्लभ मानिन्छन्। अहिले यो पहाडी भेग सबैभन्दा विकट गाउँ मानिन्छ।

बाटोघाटो पुगे पनि यहाँ सरकारी सेवा सुविधा पर्याप्त पुगेको छैन। पछिल्लो समय यस क्षेत्रको पर्यटन विकासको लागि जनप्रतिनिधिले पनि यसमा त्यति चासो दिएको पाइन्न। केही व्यवसायीले केबलकारको सपना देखाएर व्यक्तिगत फाइदा लिएको स्थानीयवासीको भनाई छ। 

 

प्रकाशित: १६ पुस २०७५ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App