१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

ल्होसारमा झुम्यो राजधानी

तमु ल्होसारको अवसरमा राजधानीको टुँडिखेलमा नाच प्रदर्शन गरिँदै।

गुरुङ पोशाकमा सजिएका केही युवक ढोल, झ्याम्टा, र मादल बजाएर नाचिरहेका थिए। गुरुङ युवती पनि हातमा नाङ्ला र पिर्का प्रदर्शन गरिरहेका थिए। काठमाडौंको टुँडिखेलमा आइतबार देखिएको तमु ल्होसारको दृश्य हो यो। तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे। टुँडिखेलमा आएका दर्शक पनि नृत्यमा झुमेका थिए। ल्होसार अवलोकन गर्न विभिन्न समुदायका मानिसहरू टुँडिखेल पुगेका थिए। 

हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार मनाउँछन्। खि ल्हो (कुकुर वर्ग)को बिदाइ तथा फो ल्वो (मृग वर्ग)को स्वागतका रूपमा यो पर्व मनाइन्छ।  गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले मृग वर्गको स्वागतका लागि तमु ल्होसार मनाउदै आएको बताए। ‘टुँडिखेलमा गुरुङहरू भेला भई ल्होसार मनाउँछौं,’ उनले भने, ‘आजदेखि हाम्रो नयाँ वर्षको शुभारम्भ भएको छ।’ उनले तमु ल्होसारलगायत आदिवासी जनजाति समुदायका मुख्य चाडपर्वमा कटौति गरेको सार्वजनिक बिदा पुन दिइनुपर्ने माग गरे। ‘हामीले बिदा खारेज गरेपछि आन्दोलन समेत गर्दे आएका छौँ,’ उनले भने, ‘आज हाम्रोसामु प्रधानमन्त्री नै हुनुहुन्छ। त्यसैले तुरुन्तै हाम्रो माग सम्बोधन गरियोस्।’ 

तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे। टुँडिखेलमा आएका दर्शक पनि नृत्यमा झुमेका थिए। 

जानकारहरूका अनुसार ल्होसार विशेषगरी भोट बर्मेली जातिहरूले मनाउने चाड हो। यो चाड विश्वका अन्य मुलुकमा पनि मनाइन्छ। चाडका अवसरमा आफूभन्दा ठूलासँग आशीर्वाद थाप्ने, भेटघाट गर्ने, साथीभाइ तथा आफन्तजनमा शुभकामना आदानप्रदान गर्ने र परम्परागत परिकार खाने प्रचलन छ। बौद्ध ज्योतिषशास्त्र अनुसार ‘लो’ अर्थात् वर्षलाई बाह्रवटा  जीवजन्तु ज्यिवा, लअङ्, ताग, योस, ड्रग, ड्रल, त, लुग, ट्रेल, ज्य, ख्यी, फग नामले गन्ने गरिन्छ। र, बाह्र वर्ष सकिएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ। 

‘सरकारले कुनै जातजातिलाई विभेद गर्दैन’ 
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि जातजातिलाई विभेद नगर्ने बताए। ‘हिजो विभेद थियो त्यसको अन्त्य गरेका छौँ। अब कुनै विभेद हुँदैन,’ उनले भने। उनले ल्होसारमा सार्वजनिक बिदा दिनुपर्ने माग पूरा गर्ने प्रतिबद्धता गरे। 

 

प्रकाशित: १६ पुस २०७५ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App