१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वाइड बडी अप्रेसनमा

काठमाडौं – ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको वाइड वडी (अन्नपूर्ण) जहाज मर्मत भएर अप्रेसनमा आएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएपछि ग्राउन्डेड भएको जहाज मर्मतपछि आइतबारदेखि नियमित उडानमा आएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

दुई सय ७४ सिटे ‘ए३३०–२००’ सिरिजको कलसाइन ९एन–एएलवाई (अन्नपूर्ण) जहाज निगमले गत असारमा खरिद गरेको थियो। दोहा, दिल्ली, बुम्बई लगायत गन्तव्यमा उडान गरिरहेको जहाज ग्राउन्डेड हुँदा सोही सिरिजको अर्को वाइड बडीमार्फत उडान हुँदै आएको थियो। जहाज मर्मतपछि पुरानै तालिकाअनुसार जहाजको उडान हुने निगमले जनायो।

‘वाई१२–ई’ पनि अप्रेसनमा
निगमसँग दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्ने १७ सिटे चारथान ‘वाई१२–ई’ जहाज छन्। ती मध्ये दुइटा मात्रै अप्रेसनमा रहेकामा शुक्रबारदेखि थप एउटा अप्रेसनमा आएको छ। सहप्रवक्ता कोइरालाका अनुसार ग्राउन्डेड जहाज मर्मत भएर शुक्रबारदेखि अप्रेसनमा आएसँगै तीनवटा जहाज अप्रेसनमा आएका हुन्।
बाँकी ग्राउन्डेड ‘वाई१२–ई’ सिरिजको एउटा जहाज पनि मर्मतको क्रममा छ। ग्राउन्डेड उक्त जहाज पनि मर्मत भएर एक–डेढ महिनामा अप्रेसनमा आउने कोइरालाको भनाइ छ।

 

प्रकाशित: १६ पुस २०७५ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App